Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रचण्डपथ छोड्नु मेरो गल्ती भयो : प्रधानमन्त्री प्रचण्ड

बिहीबार, कात्तिक ९, २०८०
tribeni2

रुकुम पश्चिम । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालिन माओवादीले सञ्चालन गरेको प्रचण्डपथ छोड्नु गल्ति भएको बताउनुभएको छ । 

बिहिबार रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर ६ मग्मामा आयोजित सहिद स्मृति खेलकुद तथा साँस्कतिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा उहाँले भन्नुभयो, “प्रचण्डपथ मैले रोकेको हुँ, जसको कारण पार्टी फुट्यो । अहिले सोच्छु, सायद त्यो मेरो गल्ति थियो ।” 

उहाँले धेरैलाई एकताबद्ध गर्न आफुले त्यसो गरेको तर पार्टी फुट्न गएको उल्लेख गर्नुभयो । “प्रचण्डपथले बाबुराम, किरण र बिप्लवहरुलाई केन्द्रित गरेको थियो,” उहाँले भन्नुभयो “ प्रचण्डपथ छोडेपछि पार्टी मियो बिनाको दाँइ जस्तै भयो ।” 

कार्यक्रममा उहाँले सरकारले सुरु गरेको भ्रष्टाचार बिरुद्धको अभियान निरन्तर हुने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सरकारमा आएदेखि नयाँ काम सुरु गरेको र सुशासन नचाहने तत्वहरु छट्पटाएको बताउनुभयो । 

आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार बिरुद्धका फाईल खोलेर जनतालाई सुशासनको अनुभूति दिलाएको उहाँको भनाई छ । उहाँले मिटरव्याज पीडितहरुको पक्षका कानून बनाएको, अवैध रुपमा हुने सुन तस्करी बिरुद्ध कारबाहि प्रक्रिया सुरु गरेको, ललिता निवास प्रकरणको छानबिन सुरु गरेको, भुटानी शरणार्थि, भूमाफिया र तस्करी बिरुद्ध सशक्त वर्तमान सरकारले कारबाहि सुरु गरेपछि बिपक्षिहरु बिक्षिप्त बनेको उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यस बिचमा हामीले राष्ट्रिय स्वतन्त्रतालाई उच्च प्राथमकितामा राखेर कुटनैतिक सम्बन्ध बिस्तार गरेका छौ, सरकारको लोकप्रियता देखेर बिपक्षिहरुले सरकार ठाल्ने षड्यन्त्र सुरु गरेका छन् ।” 

सम्बोधनका क्रममा उहाँले जलवायु संयुक्त राष्ट्र संघका महासचिव र कतारका राजा नेपाल भ्रमणका आउन लागेको जानकारी दिनुभयो । यस कार्यले जलवायु परिवर्तनको पक्षमा काम गर्न र नेपालमा रोजगारीको वातावरगण्का लागि लगानी जुटाउन सहयोग हुने उहाँले जनाउनुभयो । 

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकार कमजोर हुँदा देश र परिवर्तन खतरामा पर्ने भएकोले गठबन्धन थप बलियो हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । “पाँचै बर्ष गठबन्धनको सरकार चल्छ,” उहाँले भन्नुभयो, “ वर्तमान सरकारलाई कसैले पनि हल्लाउन सक्ने छैन ।”

सरकार कमजोर भएमा सामन्तीहरु सल्बलाउने, धार्मिक तथा साम्प्रदायिक हिंसा फैलाउन खोज्ने भएकोले प्रतिगामीहरुले फैलाउने भ्रम चिर्नलाई गठबन्धनको सरकार आवश्यक रहेको प्रधानमन्त्रीले बताउनुभयो  । सामाजिक न्याय, सुशासन र समृद्धिका लागि गठन्धवनको सरकार आवश्यक रहेको उहाँको भनाई छ । 

माओवादी पार्टीको बिशेष रुपान्तरण अभियानको क्रममा रुकुम आएको बताउनुहुँदै उहाँले आफूलाई बाँफिकोट गाउँपालिका वडा नम्वर ६ र ७ को ईन्चार्जको जिम्मेवारी प्राप्त भएको समेत उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा उहाँले जनताको आँशु र हाँसोमा एकाकार हुन रुपान्तरण अभियान चलाएको जनाउनुभयो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्