मुसिकोटको बोहरागाउँमा अटो दुर्घटना, ५ जना घाईते

शुक्रबार, कात्तिक १०, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका -४ बोहरागाउँमा अटो दुर्घटना भएको छ । मुसिकोट नगरपालिका -१ खलंगाबाट वडा नम्वर -४ सोलाबांगतर्फ जाँदै गरेको रा १ ह ७३०९ नम्वरको आज दिउँसो साढे चार बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार दुर्घटनामा परेर पाँच जना घाईते भएका छन् । उहाँका अनुसार अटोमा रहेका आठ जना यात्रु मध्य तीन जना भने सकुशल रहेका छन् । 

घाईतेहुनेहरुमा मुसिकोट नगरपालिका -११ भलाक्चाकी ३० बर्षिया मञ्जु ओली, सोहि वडाका २५ वर्षिय कृष्ण बिक, मुसिकोट नगरपालिका ४ बस्ने अर्चना सन्यासीको छोरा डिसिजन खड्का र मुसिकोट नगरपालिका ११ की २४ वर्षिय टिका ददेल र उहाँको १५ महिनाको छोरा नुवाक शेर्पाली रहेका छन् । घाईतेहरुलाई उपचारको लागि खलंगा बजारमा रहेको साझा मुराल अस्पतालमा ल्याईएको छ । 

प्रहरीका अनुसार घाईतेहरु नाबालक नुवाक शेर्पालीको अवस्था गम्भिर रहेको छ । उहाँको निधारमा चोट लागेको छ । 

अटोमा सवार घाईते मञ्जु ओलीका ४ बर्षिय छोरा लक्की ओली, मुसिकोट नगरपालिका ४ बस्ने अर्चना सन्यासी र उहाँको १७ महिनाको छोरी बेनिका खड्का भने सकुशल रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । 

अटो अनियन्त्रित भई सडकमा पल्टिएकाे बताईएको छ । अटो चालक मुसिकोट नगरपालिका ४ निवासी ३३ बर्षिय मनिराम कामीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्