Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एकै परिवारका ४ जनाको घरभित्रै हत्या

शुक्रबार, कात्तिक १०, २०८०
tribeni2

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्वर ६ स्थित मुन्दु गाउँमा एकैपरिवारका ४ जनाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरिक्षक (डीएसपी) बिरेन्द्र थापाका अनुसार स्थानीय श्रीदेवी बोहोरासहित उहाँका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा २७ वर्षीया आमा श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज बोहरा, ७ वर्षीया छोरी अप्सरा बोहरा, ८ वर्षीय छोरा रहर बोहरा रहेका छन् । हत्या कसले गरेको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । 

घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने अनुमान गरिएको छ । शुक्रबार बिहान पौने १० बजेतिर मृतकका आफन्तले खबर गरेपछि घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको प्रहरीको भनाई रहेको छ ।

प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । मृतक श्रीदेवीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा नेपाल बाहिर रहेको बताईएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्