Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्यालाखदिमा खुकुरी हानाहान, दुई जना गम्भिर घाईतेलाई हेलिकप्टर मार्फत सुर्खेत लगियो

विगत देखि नै दुई गाउँले बिच नियमित विवाद
२०७८ असोज १४, बिहिबार
tribeni2

रुकुम पश्चिम । बुधबार देखि रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर ३ स्यालाखदिका दुई गाउँले बिच भएको झडप नियन्त्रणमा आउन सकेको छैन ।

सोहि वडाका तलिगाउँ र माथीगाउँमा राजनैतिक रुपमा विभाजित स्थानीयहरुको विवाद लामो समय देखि कायमै रहँदा बुधबार दुई जना माथी खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो ४ बजे आठबिसकोट नगरपालिका वडा नम्वर ३ स्यालाखदि तलिगाउँ टोलका २३ बर्षिय कर्णबहादुर बोहरा देवकोटा माथी माथिगाउँका युवाहरुले खुकुरी प्रहार गर्दा उनी गम्भिर घाईते भएका थिए ।

बुधबार राती तलिगाउँका व्यक्तिहरुले माथी गाउँका ६२ बर्षका लक्षे कामी लाई आक्रमण गरेर घाईते बनाएको प्रहरीले जनाएको छ । उनी माथी पनि बदलाभाव स्वरुप खुकुरी प्रहार हुँदा अवस्था गम्भिर बनेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिलजंग शाहीले बताउनुभयो ।

उहाँका अनुसार दुबै जना गम्भिर घाईतेलाई स्थानीय स्वास्थ्य चौकीमा पु¥याईएतापनि अवस्था गम्भिर भएपछि हेलिकप्टर मार्फत अहिले कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ । भौगोलिक रुपले विकट, संचारको प्रभावकारी पहुँच नभएकोको कारण घटनाको पुरा विवरण भने आएको छैन ।

स्यालाखदीका तलिगाउँ र माथिगाउँ बिच पुरानो राजनैतिक रिसिईबी, खानेपानी मुहानको पुरानो विवादको कारण घटना भएको प्रहरीले जनाएको छ । तलिगाउँका स्थानीय नेपाली काँग्रेस समर्थित र माथी गाउँका नेकपा माओवादी समर्थित रहेका छन् ।

घटनाले ठुलो रुप लिने देखिएपछि जिल्लाबाट बुधबार नै घटनास्थलतर्फ पठाईएको जिल्ला प्रहरी कार्यालयले टोली घटनास्थल पुग्न सकेको छैन । जिल्लाबाट सशस्त्र प्रहरी, जनपद प्रहरीको टोली पठाईएको बताईएको छ ।

बुधबार दिउँसा कर्णबहादुर माथी आक्रमण गर्ने स्थानीय १८ बर्षका महेन्द बिक, २४ बर्षका गोपाल बिक, २१ बर्षका विष्णु कामी, २२ बर्षका कृष्ण बिक अहिले सम्म प्रहरीको नियन्त्रणमा आउन छैनन् भने राती लक्षे कामी आक्रमण गर्ने सोहि ठाँउका २३ बर्षका नेत्र बोहरा, २२ बर्षका बिरे भण्डारी र २२ बर्षका शान्ते भण्डारी पनि फरार रहेको प्रहरीले जनाएको छ ।

घाईते लक्षे कामी हिजो कर्णबहादुर माथी खुकुरी प्रहारको आरोप लागेका गोपाल बिकका बुवा हुनुहुन्छ ।

 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  ०८:०९
प्रतिक्रिया दिनुहोस्