Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा दुई बालिका र एक युवती बलात्कार आरोप लागेका तीन जना कारागार चलान

आइतबार, कात्तिक १२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमका दुई बालिका र एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई कारागार चलान गरिएको छ । रुकुम जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसँगै आरोपी तीन जनालाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार फरक–फरक मिति र स्थानबाट पक्राउ परेका तीन जनालाई अदालतको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको हो । बलात्कार आरोपमा पक्राउ परेका चौरजहारी नगरपालिका –३ घारीपाखाका २२ बर्षिय शिव बुढाथोकी, बाँफिकोट गाउँपालिका वडा नम्वर –२ पिपलका २३ वर्षिय दुर्गालाल परियार र सानीभेरी गाउँपालिका –९ का ३२ बर्षिय ओम प्रकाश खड्कालाई कारागार चलान गरिएको हो । 

पुर्पक्षका लागि कारागार पठाईएका बुढाथोकी र परियारले बालिकालाई बलात्कार गरेको आरोप रहेको डिएसपी भट्टराईले बताउनुभयो । बुढाथोकीले गत असोज ४ गते चौरजहारी नगरपालिका –११ स्थित चौफा बजारमा गएकी बालिकालाई ललाईफकाई गरेर अपहरण गरेको र त्यसपछि बन्धक बनाई बलात्कार गरेको अभियोगमा असोज ७ गते पक्राउ गरिएको थियो । 

त्यसैगरी बलात्कार आरोपी परियारले गत असोज १३ गते बाँफिकोट गाउँपालिका –४ ढाङ भन्ने स्थानमा एक बालिकालाई घरसम्म पुर्याईदिन्छु भनि ललाईफकाई गरेर बलात्कार गरेको उजुरीको आरोपमा असोज १४ गते पक्राउ गरिएको थियो ।

पुर्पक्षका लागि कारागार चलान भएका अर्का बलात्कार आरोपी खड्काले भने एक २२ वर्षिय युवतीलाई विवाहको प्रलोभन देखाई बाँफिकोट गाउँपालिका –२ स्थित स्वास्थ्य चौकी भवन भित्र लिई बलात्कार गरेको प्रहरीको भनाई छ । असोज ४ गते जबरजस्ती करणी गरेको आरोप लागेका खड्कालाई प्रहरीले असोज ७ गते पक्राउ गरेको थियो । 

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान पुरा गरेर अदालतमा पेश गरिएको र अदालतले विभिन्न मितिमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरे बमोजिम कारागार पठाईएको प्रहरीको भनाई रहेको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्