Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कुटपिटपछि घाईते बाँफिकोटका एक जेष्ठ नागरिकको मृत्यु, एक जना पक्राउ

आइतबार, कात्तिक १२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा एक जेष्ठ नागरिकको कुटपिट पश्चात मृत्युभएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

बाँफिकोट गाउँपालिका वडा नम्वर १० मयरी बस्ने ७० बर्षिय अलबहादुर बुढाको हत्या गरेको आरोपमा सोही गाउँका ६५ बर्षिय मनबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार गत कात्तिक ५ गते मयरी गाउँमा मनबहादुरले अलबहादुरलाई कुटपिट गरेर घाईते बनाएका थिए । 

त्यसपश्चात घाईते अलबहादुरलाई जिल्ला अस्पताल सल्लेमा उपचारको लागि ल्याईएको थियो । कात्तिक ८ गते घाईतेलाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेमा लिईएको थियो । 

उपचारकै क्रममा कात्तिक १० गते बिहान उहाँको मृत्यु भएको थियो । त्यसपश्चात सोहि दिन अलबहादुरलाई कुटपिट गर्ने मनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

हत्या आरोपी मनबहादुर बिरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्धा दर्ता गरी रुकुम जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्