Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दुर्घटना न्युनिकरणको लागि मुसिकोटमा अटो व्यवसायीसँग छलफल, यस्ता छन् निर्णय

आइतबार, कात्तिक १२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका र यहाँ सञ्चालित अटो व्यवसायी बिचमा बैठक सम्पन्न भएको छ । मुसिकोटमा सञ्चालन भएका अटोरिक्सा दुर्घटना हुन थालेपछि आईतबार नगरपालिकाले अटो व्यवसायीहरुलाई छलफलका लागि नगरपालिका बोलाएको थियो । 

बैठकले अटोरिक्साको सञ्चालन, व्यवस्थापन र नियमनका बारेमा विभिन्न निर्णयहरु गरेको नगर प्रमुखको सचिवालयले जनाएको छ । नगर प्रमुख महेन्द्र केसीका स्वकिय सचिव सुर्य प्रकाश शर्माका अनुसार बैठकले नियमानुसार दर्ता नभएका अटो सञ्चालनमा तत्काल रोक लगाउने  र दर्ता नभई संचालन गरेको पाइएमा कारवाही गर्ने निर्णय गरेको छ । 

बैठकले क्षमता भन्दा बढी यात्रु नबोक्ने, ओरालो बाटोमा न्युट्रल नचलाउने, सवारी साधन चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने, गति सिमित गर्ने, रुट परमिट भन्दा अन्य रुटमा सवारी साधन नचलाउने निर्णय गरेको छ । त्यसैगरी लापरवाहीपुर्ण तरिकाले सवारी साधन नचलाएको, यात्रुहरुलाई अभद्र व्यवहार नगर्ने, तोकिएको दररेट भन्दा बढी भाडा नलिने, सवारी चालकले पालना गर्नुपर्ने ट्राफिक नियम र प्रचलित कानुन पालना गर्ने निर्णय गरेको शर्माले बताउनुभयो । 

मापदन्ड र प्रचलित कानुन अनुसार अटो संचालन गरे नगरेको सम्बन्धमा ट्राफिक प्रहरी, नजिकको सुरक्षा निकाय, नगर प्रहरी, जनप्रतिनिधिहरु, मुसिकोट नगरपालिकामा कार्यरत कर्मचारीहरु, वडा कार्यालयमा कार्यरत कर्मचारीहरुले अनुगमन नियमन गर्ने र मापदन्ड विपरित चलाएको पाइएमा तत्काल कारवाहीको दायरामा ल्याउने निर्णय समेत बैठकले गरेको छ । 

मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीको अध्यक्षतामा भएको बैठकमा निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्का, वडा अध्यक्षहरु, जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि, नगर प्रहरी, अटो व्यवसायीको उपस्थिति रहेको थियो । हाल मुसिकोट नगरपालिकामा १७ वटा अटोरिक्सा दर्ता भएको बताईएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्