सोसल मिडिया
मान्छहरू विकास हुँदै भएन भन्छन १ म जहाँ जान्छु त्यहीं विकासको झल्को देख्छु १ पहिले २ घन्टामा पैदल पुगिने माईली फुपुको घरसम्मै बाईकमा आधा घन्टामा पुगियो । घरसम्म बाटो पुगेको छ । खानेपानी छ । केन्द्रीय लाईनको विजुली छ । ठाउँठाउँ विकास क्रमिक रूपमा भईनै रहेको देखिन्छ । तर विकासको गति, गुणस्तरमा सुधार जरूरी छ ।
विदेशजस्तो उच्च स्तरीय र तिव्र विकास भएन होला तर प्रारम्भिक रूपमा क्रमिक विकास हुंदैछ । भईरहेको छ ।
सिम्रुतुसम्म राप्ती लोकमार्ग त्यसपछि पहिलो मोडको घुम्तीबाट बायाँ लाग्दा अर्को कच्ची सडक । उक्त सडक सिम्रुतु खारखोला पुर्णखारा खुम्चेरी डल्सिङ्गे रोल्पा रूकुमको सिमाना पाछाबाङ्ग बागमारा रोल्पा सहिद मार्गमा जोडिन्छ ।
उहिले खाराबाट बागमारा जान बिहान सात बजे हिडी झोलामा भुटेका मकै सहित ननस्टप तिव्र गतिमा हिड्दा बेलुका ८ बजे पुगिन्थ्यो । १४ घन्टाको पैदल बाटो अहिले बाईकमा ३र४ घन्टामा घटेको छ । उतिखेर बाटामा कतै पनि होटल हुदैनथे ।
(बिनाराम खड्काको फेसबुकबाट)