Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमको दुर्गम गाउँमा निशुल्क आँखा जाँच शिविर, १६ जनामा मोतिबिन्दुको समस्या

आइतबार, कात्तिक १२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको दुर्गम क्षेत्रका रुपमा चिनिने आठविकोट नगरपालिका वडा नम्वर २ स्यालाखदीमा निशुल्क आँखा जाँच तथा उपचार शिविर सम्पन्न गरिएको छ । 

नेपाल नेत्र ज्योति संघ, रुकुम आँखा सर्जिकल सेन्टर सल्लेको प्रविधिक सहयोग, आठविसकोट नगरपालिकाको आयोजना, नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान स्वस्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेत आर्थिक सहयोगमा आईतबार शिविर सम्पन्न गरिएको हो । 

आज आइतबार स्यालाखदी स्वास्थ्य चौकीमा भएको निःशुल्क आँखा जाँच शिविरमा १०४ जना सेवाग्राहिले सेवा लिएको आँखा सर्जिकल सेन्टरका ईन्चार्ज धनबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा आँखा जाँच गराउन आए मध्य १६ जनालाई मोतिबिन्दु भएको पाईएको छ । 

ईन्चार्ज केसीले आठविसकोटका विभिन्न वडाहरुमा पुगेर शिविर सन्चालन गर्ने बताउनुभयो । उहाँका अनुसार कात्तिक १३ गते सोमबारका दिन गोतामकोट स्वास्थ्य चौकीमा, कात्तिक १४ गते आठविसकोट नगर अस्पताल राडीमा र कात्तिक १५ गते घेत्मा स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ ।

शिविरमा मोतिबिन्दुको समस्या पत्ता लागेका सेवाग्राहिहरुको लागि कात्तिक १९ र २० गते आठविसकोट नगर अस्पताल राडीमा निःशुल्क अप्रेसन गरिनेछ समेत ईन्चार्ज केसीले जानकारी दिनुभयो।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  २०:१९
प्रतिक्रिया दिनुहोस्