चौरजहारीमा महोत्सव सुरु, भोलि कलाकार सुप्रिम मल्ल आउँने

सोमबार, कात्तिक १३, २०८०

रुकुम पश्चिम । आज सोमबार देखि रुकुम पश्चिमको चौरजहारी नगरपालिका -२ मा तेस्रो चौरजहारी पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव सुरु भएको छ ।

महोत्सवको चौरजहारी नगरपालिका प्रमुख पुष्प बादीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ । आगामी कात्तिक २५ गतेसम्म संचालन उक्त महोत्सवको आयोजना शहिद स्मृति कला, साँस्कृतिक संरक्षण केन्द्रले गरेको हो । 

“पर्यटन, कृषि, व्यापारमा हाम्रो योगदान : कला र सँस्कृति चौरजहारीवासीको पहिचान” भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन गरिएको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक एल बी कटुवालले जानकारी दिनुभयो । उहाँले पर्यटन, व्यापार र सँस्कृति प्रर्वद्धनका साथै सामाजिक उत्तरदायित्व निर्वाहमा महोत्सव सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवबाट बचत भएको रकमले चौरजहारीको मुख्य बजारका सार्वजनिक स्थानमा शौचालय निर्माण र खानेपानीको व्यवस्था गरिने उद्धेश्य राखिएको उहाँले बताउनुभयो । नयाँ शहरका रुपमा विकसित भईरहेको चौरजहारी बजारमा सार्वजनिक शौचालय र सार्वजनिक स्थानमा खानेपानी धाराको व्यवस्था नहुँदा सर्वसाधारणहरु त्यसको मारमा पर्ने गरेका छन ।

१२० वटा स्टल रहने महोत्सवमा चौरजहारी नगरपालिकाका भित्रका १४ वटै वडाका धार्मिक तथा पर्यटकिय स्थानहरुको पहिचान र परिचयसहितको फोटो प्रदर्शनी गरिने बताईएको छ । यसका साथै प्रदर्शनीमा कृषि उत्पादन, साँस्कृतिक पहिचान, व्यापार लगायतका क्षेत्रका फोटोहरु राखिने आयोजकको भनाई छ ।

मूल आयोजक समारोह समितिका संयोजक एल बी कटुवालको अध्यक्षता रहेको कार्यक्रमको संचालन कलाकार तुल देवकोटाले गर्नुभएको थियो ।

भोली १४ गते महोत्सवमा चर्चित बाल गायक सुप्रिम मल्लको प्रस्तुती रहने व्यवस्थापक रेशम खत्रीले जानाकरी दिनुभयो ।

उहाँका अनुसार मल्लसँगै स्थानीय झाँकिहरु र कलाकारहरुको प्रदर्शनी समेत रहनेछ । मेलामा डान्सर एन्जिला श्रेष्ठको पनि प्रस्तुति रहने छ भने कार्यक्रमको सञ्चालन सर्मिला अर्यालले गर्नुहुने भएको छ । 

371538023_904615817762298_7008919207290975791_n1698671352.jpg

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्