डा. कुसुमाकरको 'हिउँको राप' लोकार्पण

सोमबार, कात्तिक १३, २०८०

रुकुम पूर्व । डा.कुसुमाकर शर्मा गौतमद्धारा लिखित 'हिउँको राप' लघुकथा संग्रह लोकार्पण गरिएको छ । राप्ति साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्व र लुम्बिनी वाङ्मय प्रतिष्ठान रुकुम पूर्वको आयोजनामा आज एक कार्यक्रमको आयोजना गरी उक्त संग्रहको लोकार्पण गरिएको हो ।

जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ६ मा जन्म भई हाल एडमन्टन अल्बर्टा क्यानडामा बसोबास गर्दै आउनु भएका शर्माद्धारा लिखित लघुकथा संग्रहको लोकार्पण शर्माले आफ्नै जन्मभूमीमा गर्नुभएको हो । जन्मभूमी प्रतिको माया, श्रद्धा र प्रदेशी भूमीका भोगेका बिभिन्न भोगाईहरुलाई शर्माले लघुकथा मार्फत उतार्नुभएको छ ।

 बि.स. २०२० मा जन्मिनुभएका शर्मा बि.स. २०६२ सालतिर जन्मभूमी छोडी क्यानडा प्रस्थान हुनुभएको शर्माले बताउनुभयो । हाल अल्बर्टा प्रान्त क्यानडाको वातावरण मन्त्रालयमा पानी प्रशोधन विशेषज्ञको रुपमा कार्यरत शर्माले यसअघि सन् २०२० सप्टेम्बरमा “टोपी”लघुकथा संग्रह प्रकाशित गर्नुभएको थियो । 

380539607_1512891242844794_7164164081529638312_n1698672232.jpg

आफू जन्मिएको ठाउँ, हुर्किएको परिबेश नै सबैभन्दा प्यारो लाग्ने बताउदै उहाँले आफूले रचना गरिएको कृति पनि आफ्नै जन्मभूमीबाट नै लोकार्पण गर्न पाउदा अत्यन्तै खुशी व्यक्त गर्नुभयो । राप्ति साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वका अध्यक्ष कमानसिंह बिष्टको अध्यक्षता रहेको उक्त लोकार्पण कार्यक्रममा जेष्ठ नागरिक एवम साहित्यकार चुडामणी उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो । 

यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख मोहोन बहादुर के.सी., सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, प्रमुख जिल्ला अधिकारी माधब प्रसाद शर्मा, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, अनुसन्धान डिएसपी चिरञ्जीबी मगर, शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख तिलक गौतम,  लगाएत बिभिन्न साहित्यकारहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कथा : भूतसँगको भेट !
सोमबार, कात्तिक १३, २०८०

कथा : रूकुम ३६
सोमबार, कात्तिक १३, २०८०

बाँफिकोटको सम्झनामा
सोमबार, कात्तिक १३, २०८०

अभिषेक ओलीका उत्कृष्ट सात हाईकु
सोमबार, कात्तिक १३, २०८०