Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्ला अस्पताल सल्लेमा ब्लड बैङ्क सञ्चालन

सोमबार, कात्तिक १३, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा स्थापना गरिएको ब्लड बैङ्क सञ्चालनमा आएको छ । सोमबार मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उक्त ब्लड बैङ्कको उद्घाटन गर्नुभएको हो । 

ब्लड बैङ्क स्थापना तथा उद्घाटन कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले अब रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपर्नेगरी सेवा सुरु गरिएको बताउनुभयो । उहाँले रगत अभाव भएपछि बिरामीहरु जिल्ला बाहिर जानु पर्ने बाध्यता पनि अब नहुने विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिकाले विभिन्न सहयोगी निकायको सहयोगमा ब्लड बैक सञ्चालनमा सहजकिरण गरेको र यसको दिगोपनाका लागि सबै निकायले आवश्यक सहयोग गर्न आवश्यक रहेको उहाँको भनाई छ । 

395637689_321129997279555_4075159923927917201_n1698678723.jpg

कार्यक्रममा स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर सुशील पोख्रेलले ब्लड बैङ्क स्थापना भएपछि रगतको अभावमा भौँतारिनु नपर्ने र रगतको अभावमा अकालमै ज्यान जाने अवस्थाको अन्त्य हुने जानकारी दिनुभयो । 

कार्यक्रममा ब्लड बैक सञ्चालनको लागि सहयोगी सस्था रूपान्तर नेपालका अध्यक्ष मुकुन्द शर्माले आम जिल्लावासीको स्वास्थ्यलाई ध्यानमा राखेर ब्लड बैङ्कका लागि सहयोग गरेको बताउनुभयो । उहाँले आफू पनि स्थानीय भएको र जिल्लामा ब्लड बैङ्क नहुँदा जिल्लावासीले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै ब्लड बैङ्क स्थापनामा सरकारसँग हातेमालो गरेको उल्लेख गर्नुभयो ।  

रूपान्तर नेपाल भक्तपुर, मुसिकोट नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिम लगायतका संस्थाको सहयोगमा अस्पतालमा ब्लड बैङ्क स्थापना गरिएको हो ।

ब्लड बैङ्कका लागि रूपान्तर नेपालले ३० लाख बराबरका विभिन्न १० प्रकारका सामग्री तथा उपकरण सहयोग गरेको छ । रूपान्तर नेपालले ग्रेस मिसन सिंगापुरको सहयोगमा ब्लड बैङ्कका लागि आवश्यक सामग्रीहरू मुसिकोट नगरपालिकालाई हस्तान्तरण गरेको थियो भने नगरपालिकाले अस्पताललाई हस्तान्तरण गरेको हो । 

395517837_321129763946245_5026556950039315291_n1698678722.jpg

अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अस्पताल विकास समितिका सदस्य दीपकराज खड्काले गर्नुभएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दल, स्वास्थ्यकर्मी, स्थानीय बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । ब्लड बैङ्क स्थापनासँगै रक्तदान समेत सुरु भएको जनाईएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  २०:५३
प्रतिक्रिया दिनुहोस्