सोसल मिडिया
रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा जारी “तेस्रो चौरजहारी पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव” काे आज दोस्रो दिन कलाकार सुप्रिम मल्ल लगायतको प्रस्तुती राखिएको छ । सोमबार देखि सुरु भएको महोत्सवमा आज देखि कलाकारहरुको प्रस्तुति सुरु भएको हो ।
आज कलाकार मल्ल सहित स्थानीय प्रस्तुति राखिएको महोत्सव आयोजक समितिले जनाएको छ । मल्लले जाउ बाबू नभन आमा, धोकेबाज, फूलै फूल दिन्छौ कि, फापरको मिठो पठाईदेउ आमा, परान बाँकि छ लगायतका गितहरु गाउनुभएको थियो । उहाँले गित गाउँदा महोत्सव स्थलको माहोल तातिएको आयोजकको भनाई छ ।
सोमबार नगर प्रमुख पुष्प बादीले महोत्सवको उद्घाटन गर्नुभएको थियो । महोत्सवबाट बचत भएको रकमले चौरजहारीको मुख्य बजारका सार्वजनिक स्थानमा शौचालय निर्माण र खानेपानीको व्यवस्था गरिने उद्धेश्य आयोजक लिएको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक एलबी कटुवालले जानकारी दिनुभयो ।
त्यस्तै महोत्सवमा चौरजहारी नगरपालिकाका भित्रका १४ वटै वडाका धार्मिक तथा पर्यटकिय स्थानहरुको पहिचान र परिचयसहितको फोटो प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा कृषि उत्पादन, साँस्कृतिक पहिचान, व्यापार लगायतका क्षेत्रका फोटोहरु राखिएको छ । मेलामा १२० वटा स्टलहरु रहेका छन् ।
महोत्सवमा भोलि गायक पि एन साईला लगायतका कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।