Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

समाजवादी निकट युवा संघ रुकुम पश्चिमको अध्यक्षमा सर्वजित चयन

बुधबार, कात्तिक १५, २०८०
tribeni2

रुकुम पश्चिम । नेकपा (एकिकृत समाजवादी) निकट युवा संगठन युवा संघ नेपाल रुकुम पश्चिमको ११ औ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

बुधबार जिल्ला सदरमुकाम मुसिकोटमा भएको अधिवेशनले सर्वजित खड्काको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको छ ।  कमिटीको उपााध्यक्षमा ज्ञानेन्द्र खनाल, सचिवमा नविन शर्मा, सह सचिवमा ओविराम पुन मगर र कोषाध्यक्षमा गणेश बुढाथोकी चयन हुनुभएको छ । 

नव निर्वाचित सचिव नविन शर्माका अनुसार सदस्यहरुमा सुमन बोहरा, जयलाल परियार, दिनेश केसी, दिपक चन्द, मिलन ओली, अमर ओली, अमर परियार, प्रशान्त अधिकारी, बिष्णु परियार र राज बहादुर ओली चयन हुनुभएको छ ।

त्यसैगरी सन्दिप बिक, प्रबिर बुढाथोकी, लक्ष्मी ओली, सुनिता परियार, रोशन ओली, दोर्जे पुन मगर, शुधिर बुढा, सर्जन शाही, दिपेन्द्र बिक र बिजय मल्ल सदस्यमा चयन हुनुभएको छ । 

युवा संघ नेपालका केन्द्रिय कमिटी सदस्य तथा कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष सन्तोष खड्काको प्रमुख आथित्यतामा अधिवेशन सम्पन्न भएको छ । दुई सदस्यहरु पछि थप गरिने निर्णय भएको सचिव शर्माले जानकारी दिनुभयो । 

आजै नव निर्वाचित कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले अधिबेशनको समिक्षा गरेको सचिव शर्माले बताउनुभयो । 

371526913_677456407789210_3151209501017178066_n1698839527.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्