Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हिमाली जिल्लाको अस्पतालमा रहेका बिरामीको लागि ब्लाङकेट प्रदान

बुधबार, कात्तिक १५, २०८०
tribeni2

रुकुम पुर्व । चिसो बढेसँगै हिमालि जिल्ला रुकुम पूर्वको जिल्ला अस्पताललाई ब्लाङकेट उपलब्ध गराईएको छ । जिल्ला अस्पतालमा भर्ना भई उपचार गरि रहेका गर्भवति, सुत्केरी र नवजात शिशु तथा अन्य विरामिहरु प्रत्यक्ष  समस्यामा परिरहेको बेला  ब्लाङकेट सहयोग गरिएको हो । 
 
रुकुम पूर्वमा स्वास्थ्य क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था फेयरमेड फाउण्डेशन र सर्वाङ्गिण विकास केन्द्र (एचडिसि नेपाल) को ग्रामिण स्वास्थ्य सुधार परियोजना अन्तर्गत १५ थान ब्लाङकेट बुधवार एक कार्यक्रमका बिच रुकुम पूर्व जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको एचडिसि नेपालका निर्देशक लिलामणि गौतमले जानकारी दिनुभयो । 

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माको विशेष उपस्थिति, स्वास्थ्य कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पुष्कल प्रसाद श्रेष्ठ, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जिवि वुढा, रुकुम पूर्व अस्पतालका मेसु जितेन्द्र कोईराला, स्वास्थ्य कार्यालयका ल्याब निरिक्षक निम प्रसाद गिरी, कोल चेन निरिक्षक मनोज श्रेष्ठ, फेयरमेड फाउण्डेशनका दान वहादुर कार्की लगायतको उपस्थितिमा न्यानो कपडा हस्तान्तरण गरिएको हो । 

363770255_1049592139414818_6122133999785832744_n1698849432.jpg

हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले जिल्ला अस्पताल जिल्लाकै एक मात्र सरकारी अस्पताल र रिफरल सेन्टर भएकोले यसलाई थप व्यवस्थित र प्रभावकारी रुपमा गुणस्तरिय सेवा प्रवाह गर्न सक्षम वनाउने कार्यमा सवैको हातेमालो हुनु पर्ने वताउनु भयो ।  
जिल्ला विभाजन पछि साविकको रुकुमकोट स्वास्थ्य चौकिमा रुकुम पूर्व जिल्ला अस्पताल सञ्चालनमा छ । 

अस्पतालका मेसु डा. जितेन्द्रराज कोईरालाले आगामि दिनमा पनि सहयोग र सहकार्यको लागी सहयोगी निकायलाई धन्यवाद सहित आग्रह गर्नु भएको थियो । सिमित भौतिक संरचना र आवश्यक सामाग्री तथा उपकरण अभावमा पनि गुणस्तरिय सेवा प्रवाहमा लागेको उहाँको भनाई छ । 

रुकुम पूर्व जिल्लामा ग्रामिण स्वास्थ्य सुधार परियोजना संञ्चालनमा आएपछि जिल्लाको स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि संगै स्वास्थ्यका अन्य विभिन्न क्षेत्रहरुमा ठुलो सहयोग भएको स्वास्थ्य कार्यालयका प्रमुख पुष्कल प्रसाद श्रेष्ठले उल्लेख गर्नुभयो।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  २०:१९
प्रतिक्रिया दिनुहोस्