Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटको रामिडाँडा आसपास भएर ६.४ रेक्टरको भूकम्प

शनिबार, कात्तिक १८, २०८०
tribeni2

सुर्खेत । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो । 

मापन केन्द्रले जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरेको छ । भूकम्पको धक्का देशैभरजसो महसुश भएको छ ।

भूकम्पले जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लाका घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन । केहि स्थानमा मान्छेहरु घाईते भएको समेत बताईएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ००:२४
प्रतिक्रिया दिनुहोस्