Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्पको कारण सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु, १० जना घाईते

शनिबार, कात्तिक १८, २०८०
tribeni2

रुकुम पश्चिम । शुक्रबार राती आएको भुकम्पको कारण रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक धर्मेन्द्र खड्काका अनुसार सानीभेरी गाउँपालिका वडा नम्वर २ परियार टोलका महाबिर दमाईको छोरी १२ वर्षिया मनिषा परियार, सानीभेरी गाउँपालिका १ चाईनाबगर निवासी ३१ वर्षिय धनबिर पुन, सोहि स्थानका २८ वर्षिया चुम्निमा पुन, ८ वर्षिय यमराज पुन र २ वर्षिय सितम पुनको मृत्यु भएको हो । 

त्यसैगरी भूकम्पको कारण सानीभेरी गाउापालिका वडा नम्वर १ मा मात्रै १० जना घाईते भएका छन् । जिल्लाका अन्य स्थानमा पनि मानविय क्षति भएको सूचना आएको र विवरण संकलनहुँदै गरेको उहाँले बताउनुभयो । 

शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०२:१०
प्रतिक्रिया दिनुहोस्