Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिका उप प्रमुख सिंहको मृत्यु

शनिबार, कात्तिक १८, २०८०
tribeni2

जाजरकोट । भुकम्पमा परि गम्भिर घाईते हुनुभएकी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यृ भएको छ।

जाजरकोटको सदरमुकाम खलंगामा रहेकी सिंह शुक्रबार राती ११ः४७ मा गएको भुकम्पका कारण घर भत्किदा गम्भिर घाईते हुनुभएको थियो । 

उपचारको लागि जिल्ला अस्पताल जाजरकोट पुयाईएतापनि उहाँको निधन भएको नलगाड नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष पुर्ण बहादुर खत्रीले जानकारी दिनुभयो ।  

भुकम्पको कारण जाजरकोटमा हालसम्म करिब एक दर्जनको ज्यान गएको अपुष्ट खबर रहेको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०२:४३
प्रतिक्रिया दिनुहोस्