Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्प क्षति : जाजरकोट र रुकुममा मानविय क्षतिसँगै दर्जनौ घाईते, त्रासले जाग्राम सर्वसाधारण

शनिबार, कात्तिक १८, २०८०
tribeni2

शुक्रबार राती गएको भुकम्पको कारण जाजरकोट र रुकुम पश्चिममा मानविय क्षति हुनका साथै दर्जनौ व्यक्ति घाईते भएका छन् । 

शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्पले घर भत्किदा करिब तीन दर्जनको मृत्यु भएको अपुष्ट सूचना प्राप्त भएको छ भने दर्जनौ सर्वसाधारण घाईते भएका छन् । 

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा सबैभन्दा बढी संख्यामा मृत्यु भएको बताईएको छ भने सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ । 

जाजरकोटको नलगाड नगरपालिकाका उप प्रमुख सरिता सिंहको पनि निधन भएको छ भने जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ।

आठविसकोट नगरपालिकाको वडा नम्वर ११, १२, १३ र १४ मा कम्तिमा २२ जनाको मृत्यु भएको बताईएको छ भने घाईतेहरुको उद्धार भईरहेको बताईन्छ । आठविसकोट नगर अस्पतालमा त्यस क्षेत्रका घाईतेहरु ल्याउने क्रम जारी रहेको स्थानीयको भनाई छ । उपचारका लागि ल्याईएका १४ जना मध्य दुई जनाको भर्खरै मृत्यु भएको पत्रकार सत्य बटालाले जानकारी दिनुभयो । 

चौरजहारी नगरपालिका ७ खत्रीगाँउमा भुकम्पको कारण घर भत्किदा घाईते भएका ८ जनालाई नगर प्रहरीले उद्धार गरेर चौरजहारी अस्पताल लिएको बताईएको छ । सानीभेरी गाउँपालिकामा १० जना घाईते भएका छन् । 

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार मृतकहरुको यकिन विवरण संकलन भईरहेको छ । आठविसकोटका विभिन्न क्षेत्रमा बढी क्षति भएको सूचनाका आधारमा प्रहरी टोली राती नै त्यसतर्फ पठाईएको छ भने घाईतेहरुको उद्धार स्थानीयहरुले गरिरहेका छन् । 

गाउँ तथा नगरपालिका, अस्पतालमा भएका एम्बुलेन्सहरु घाईतेहरुको उपचारको लागि परिचालन गरिएको छ । 

रातीमा गएको भूकम्पको त्रासका कारण जिल्लाका विभिन्न स्थानहरुमा सर्वसाधारणहरु जाग्राम रहेका छन् । आठविसकोट, चौरजहारी, सानीभेरी र मुसिकोट खलंगा सहितका विभिन्न स्थानमा रहेका खुला चौरमा सर्वसाधारणहरु आगो बालेर घर बाहिरै बसिरहेका छन् । 

सम्बन्धित समाचार ...

 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०३:०९
प्रतिक्रिया दिनुहोस्