Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्प क्षति अपडेट : जाजरकोटमा ९२ जनाको मृत्यु, सयौँको सङ्ख्यामा घाइते

शनिबार, कात्तिक १८, २०८०
tribeni2

जाजरकोट । जाजरकाेटकाे बारेकोट गाउँपालिका रामिडाँडा केन्द्र विन्दु भएर मध्यरात गएको ६.४ म्याग्निच्यूटको भूकम्पमा परी ९२ जनाको मृत्यु भएको छ ।

भेरी नगरपालिका ३ र १ नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र छेडागाड नगरपालिकामा धनजनको ठुलो क्षति भएको छ । 

मध्यरात गएको भूकम्पमा परि नलगाड नगरपालिकाका उप प्रमुख सरिता सिहको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाका अनुसार  हिजो राती गएको भूकम्पमा परि ९२ जनाको मृत्यु भएको बताउनु भयो ।  

घाइतेहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई सुर्खेत,नेपालगन्ज पठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाले बताउनु भयो । गम्भीर घाइतेहरूलाई हेलिकोप्टरबाट काठमाडौँ लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनु भयो । 

भेरी नगरपालिका ३ पिपलडाडाँ, माथिल्लो थाप्ले भेरी १ को रावतगाउँमा ठुलो क्षति भएको छ । रातभर सर्व साधारणले सडक, विद्यालयका प्राङ्गणमा रात कटाएका छन् ।  

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्