Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्प क्षति अपडेट : १४३ घाईते, ५ जना गम्भिर घाईतेको हेलिकप्टर र १२ जनाको जहाजमार्फत उद्धार 

शनिबार, कात्तिक १८, २०८०
tribeni2

रुकुम पश्चिम। शुक्रबार राती आएको भुकम्पको कारण रुकुमपश्चिममा १४३ जना (यो समाचार तयार पार्दासम्म) घाईते भएका छन् । घाईते मध्य गम्भिर अवस्थामा रहेका पाँच जनालाई हेलिकप्टर र १२ जनालाई हवाई जहाज मार्फत उद्धार गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार आठविसकोट नगरपालिका वडा नम्वर ११ का ३० वर्षिय तेजेन्द्र नेपाली, वडा नम्वर १० का ४१ वर्षिय रत्न कुमारी दमाई र वडा नम्वर १३ का ३० वर्षिय धनमाया पुन, वडा नम्वर १४ का ४ बर्षिय प्रताप बिक र ३८ बर्षिय गणेश मल्ललाई थप हेलिकप्टर मार्फत थप उपचारको लागि सुर्खेत पठाईएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत उहाँहरुलाई सुर्खेत पठाईएको हो । 

त्यसैगरी जिल्ला अस्पताल सल्लेमा १२ जनालाई थप उपचारको लागि नेपाल वायु सेवाको हवाई जहाज मार्फत नेपालगञ्ज पठाईएको छ । 

भूकम्पको कारण घाईते भएका १४३ जना मध्य अन्य बाँकिको जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल सल्लेमा २७ जना, चौरजहारी अस्पतालमा २१ जना, आठविसकोट नगर अस्पतालमा ३९ जना र सहिद स्मृति अस्पताल सानीभेरीमा ३६ जनाको उपचार भईरहेको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्