सोसल मिडिया
रुकुम पश्चिम । शुक्रबार राती आएको भुकम्पको कारण रुकुम पश्चिममा मृत्यु भएका २८ जनाको पहिचान भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार मृत्यु हुनेहरुमा जिल्लाको आठविसकोट नगरपालिकाका १८ र सानीभेरी गाउँपालिकाका १० जना रहेका छन् ।
मृत्यु हुनेहरुमा आठविसकोट नगरपालिका वडा नम्वर ११ बस्ने वर्ष ३५ की शिला कामी, वर्ष १३ की सिर्जना कामी, वर्ष ९ की रिया कामी, वर्ष ६ की दिया कामी, वर्ष ४ की आशा कामी, १८ महिनाकी एलिसा कामी रहेका छन् ।
त्यसैगरी सोहि नगरपालिका वडा नम्वर १२ सानीबार्खु बस्ने वर्ष १४ को रमेश पुन र वर्ष १३ को डिल बहादुर के.सी., वडा नम्वर १४ को वर्ष बासु बुढा, वर्ष ३० की अमृता जैसी, वर्ष ५ की भावना जैसी, वर्ष २ को दिपेन जैसी, वर्ष १२ की सरिता वि.क., वर्ष १३ को मदन गौतम र वर्ष ८३ को करे नेपालीको मृत्यु भएको छ ।
भूकम्पमा परेर पूर्वी रुकुम घर भइ आठविसकोट नगरपालिका वडा नं १४ मा कोठा भाडामा बस्ने गाडि चालक वर्ष ३० को किस्मत पुन मगर, जिल्ला बर्दिया घर भइ कामको सिलसिलामा आएका वर्ष ४७ को खड्क वि.क. र वर्ष ३६ को अनिल वि.क.को पनि मृत्यु भएको छ ।
त्यसैगरी सानीभेरी गाउँपालिका वडा नम्वर १ चाइनाबगर बस्ने वर्ष ३१ को धनविर पुन, वर्ष २८ को चुम्निमा पुन, वर्ष ८ को यमराज पुन, वर्ष २ की सितम पुन, वडा नं २ परियार टोल बस्ने वर्ष १२ की मनिषा परियार, वडा नं ४ बस्ने वर्ष २५ की सन्तदा दमाइ, वर्ष ६ को कृष्ण परियार, वर्ष ८ को निर्जल चन्द, १० महिनाको शिशु रेजन ओली (रेगन) र वडा नम्वर १ की ६० वर्षिया सरस्वती बिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
भूकम्पको कारण भत्किएका विभिन्न संरचनाको कारण १४२ जना घाईते भएको बताईएको छ । घाईतेहरुको जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।
जिल्लाका अन्य स्थानमा पनि मानविय क्षति भएको सूचना आएको र विवरण संकलनहुँदै गरेको प्रहरीको भनाई छ । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।