नेभिगेशन
सामाजिक सञ्जाल

तारा प्रसाद ओली

चाहेर पनि शिक्षण पेशामा टिक्न सकिएन । पेशाबाटै पलायन भइसके पछि ठूलो कुरा गर्नुको पनि कुनै तुक छैन । म जस्तै थुप्रै साथीहरु धमाधम शिक्षण पेशा छोड्दै हुनुहुन्छ । शिक्षा क्षेत्रबाट प्रतिभा पलायनलाई रोक्न सकिएन भने कुनै पनि क्षेत्रले दक्ष जनशक्ति पाउन सक्ने छैन । अब्बल प्रतिभालाई शिक्षण पेशामा आकर्षित गराउन र टिकाउन सरकारले विशेेष पहल गर्नुपर्छ ।

मैले मेरो जीवनमा योगदान दिएका राजनीति, पत्रकारिता, शिक्षण र निजामती मध्य शिक्षणलाई नै उच्च दर्जामा राख्छु । शिक्षकहरुको सम्मानको लागि निजामती भन्दा एक रुपैयाँ भए पनि शिक्षकको तलब बढी तोकियोस् । कतै नअटाएका, बजारमा बिक्न नसकेका र कतै प्रतिस्पर्धा गर्न नसकेर अन्तिममा जीवन धान्न आउने थलोको रुपमा शिक्षण पेशा नहोस् । शिक्षक दिवसको अवसरमा शुभकामना !

- (तारा प्रसाद ओलीको फेसबुकबाट लिईएको)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सामाजिक सञ्जाल

एनबी लम्साल

शेर प्रसाद ढकाल

नरेन्द्र केसी

नरेन्द्र केसी देवकोटा

एसपी ढकाल

गणेश सिर्पाली

बिनाराम खड्का

तकसेरा - पृथीछक बुढा