Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रधानमन्त्री प्रचण्ड रुकुम पश्चिममा

शनिबार, कात्तिक १८, २०८०
tribeni2

रुकुम पश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रभावित जिल्ला पुग्नु भएको छ । शनिबार बिहान जाजरकोटको जिल्ला सदरमुकाम पुग्नु भएका उहाँ स्थलगत अवलोकनका लागि रुकुमपश्चिमको चौरजहारी आईपुग्नुभएको छ । 

चौरजहारी बिमानस्थलमा हेलिकप्टर मार्फत आउनुभएका उहाँले स्थलगत अवस्थाको बारेमा अवलोकन गरी स्थानीय सरकारसँग थप जानकारी लिनु भएको छ भने चौरजहारी अस्पतालमा पुगेर घाईतेहरुको स्वास्थ्य अवस्था बारेमा जानकारी लिनुभएको छ । 

घाइतेको उद्धार, तथा पीडितहरूका लागि राहतको व्यवस्था गर्ने बारेमा प्रधानमन्त्री प्रचण्डले जिल्ला स्थित सुरक्षा निकायका प्रमुख प्रमुख, स्थानीय सरकारसँग जानकारी लिनु भएको छ ।  प्रधानमन्त्री भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित आउनुभएको हो ।    

चौरजहारीपछि प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र आठविसकोट, सानीभेरी समेत पुग्ने बताईएको छ । 

यो समाचार तयार पार्दासम्म रुकुमपश्चिममा भूकम्पमा परेर ३८ जनाको मृत्यु भएको छ भने १४३ जना घाईते हुनुभएको छ । घाईते मध्य १५ जनालाई थप उपचारको लागि सुर्खेत र नेपालगञ्ज पठाईएको छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्