सोसल मिडिया
रुकुम पश्चिम । शुक्रबार राति गएको भुकम्पमा परी अहिलेसम्म रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । थप १० जनाको शव पहिचान भएसँगै मृतकको संख्या ३८ पुगेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार आठविसकोट नगरपालिका १४ का दश जना मृतकको पहिचान भएको हो ।
उहाँका अनुसार सो वडा निवासी ५६ बर्षया तुली मल्ल, १३ बर्षिय विराज मल्ल, १५ वर्षिया प्रेमा मल्ल, १० वर्षिया चन्द्रकला मल्ल, ५५ बर्षिय कुमारो महतारा, ७० वर्षिया पूर्ण कुमारी शाही, २६ बर्षिया भूमिका शाही, ४ बर्षिया एकनाथ मल्ल, नौ महिनाको शिशु आयुष शाही र ४७ बर्षिया अमृता मल्लको मृत्यु भएको खुलेको छ ।
डिएसपी भट्टराईका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा आठविसकोट नगरपालिकामा २८ जना र सानीभेरी गाउँपालिकामा १० जनागरि ३८ जनाको मृत्यु भएको हो । यस अघि २८ जनाको मृत्यु भएको पहिचान भएको थियो ।
भूकम्पको कारण रुकुम पश्चिममा मृत्यु भएका २८ जनाको पहिचान (नामावली सहित) शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।