Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

घाईतेको उद्धार र उपचारमा कमी हुँन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

शनिबार, कात्तिक १८, २०८०
tribeni2

रुकुम पश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमनपश्चात अस्पताल पुगेर घाईतेहरुको स्वास्थ्य अवस्था जानकारी लिनुभएको छ । 

शनिबार बिहान जाजरकोटको सदरमुकाम खलङगामा पुगेर रुकुमपश्चिम आईपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले घाईतेहरुको उद्धार र उपचारमा कमी हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।

चौरजहारी अस्पताल, सानीभेरी गाउँपालिका अस्पताल, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पताल क्रमैसँग पुगेर उहाँले घाईतेहरुको अवस्थाको जानकारी लिनुभएको हो । घाईतेहरुसँगको भेटघाटमा प्रधानमन्त्री प्रचण्डले केहि गुनासा र मागहरु भएमा आफू समक्ष राख्न अनुरोध गर्नुभएको थियो । त्यसक्रममा उहाँले मनोबल उच्च बनाउन आग्रह गनुृहुँदै सरकारले उपचारमा कमी हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।  

प्रधानमन्त्रीले घाइतेको उद्धार तथा राहतको व्यवस्था बारेमा जिल्लास्थित सुरक्षा निकाय, स्थानीय सरकारसँग जानकारी लिनु भएको छ ।

प्रधानमन्त्री प्रचण्ड समक्ष रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले तत्काल उद्धार र राहतका कार्यमा सहयोग जुटाउन अनुरोध समेत गर्नुभएको थियो । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्