Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्पको कारण रुकुम पश्चिममा ५२ जनाको मृत्यु

एउटै वडाका २६ र एउटै घरका ५ जनाको मृत्यु
शनिबार, कात्तिक १८, २०८०
tribeni2

रुकुम पश्चिम । शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परेर रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जिल्लाको आठविसकोट नगरपालिमा ४२ जना र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको हो । 

आठबिसकोट नगरपालिकामा प्रमुख रवि केसीले आफ्नो नगरपालिका क्षेत्रमा भूकम्पको कारण ४२ जनाको मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाको विभिन्न वडाबाट ४२ जनाको शव निकालिएको छ ।

आठविसकोट नगरपालिका वडा नम्वर १४ मा मात्रै भूकम्पको कारण २६ जनाको र वडा नम्वर ११ मा एउटै घरको पाँच जनाको मृत्यु भएको नगर प्रमुख केसीले जानकारी दिनुभयो । नगर प्रमुख केसीका अनुसार आठविसकोटमा भूकम्पका घाइते सबैको उद्धार भइसकेको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले हालसम्म आठविसकोट नगरपालिकाका ४२ जना र सानीभेरी गाउँपालिकाका १० जनाको मृत्यु भएको बताउनुभयो । ५२ जना मृतकहरुको सनाखत भएको उहाँले जानकारी दिनुभयो ।   

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्