Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्प पीडितलाई राहतको लागि मनराजद्वारा दुई लाखको सहयोग

शनिबार, कात्तिक १८, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ६ घर भई हाल अमेरिकामा रहनुभएका मनराज देवकोटाले भूकम्प पीडितहरुको राहतको लागि दुई लाख रुपियाँ बराबरको सामाग्री सहयोग गर्नुभएको छ । 

उहाँले पीडितहरुलाई तत्काल राहत आवश्यक भएको महशुस गरेर सानीभेरी गाउँपालिकालाई उक्त सहयोग उपलब्भ गराउनुभएको हो । सबै पीडित तथा प्रभावितहरुलाई समानुपातिक रुपमा वितरण होस् भनी गाउँपालिकालाई उक्त सहयोग हस्तान्तरण गरेको जानकारी दिनुभयो । 

देवकोटाले एक हजार किलोग्राम चामल, एक सय लिटर तेल, एक सय किलो दाल, एक सय किलो नुन उपलब्ध गराउनुभएको हो । त्यसैगरी एक सय किलो चिउरा, १५ कार्टुन चाउचाउ, १० कार्टुन बिस्कुट, १२ वटा त्रिपाल र २५ वटा बल्याङकेट प्रदान गर्नुभएको हो । 

आफ्नो गाउँघरमा परेको विपद्को बेला थारै भएपनि राहत हुने सोचले उक्त सहयोग गरेको देवकोटाले बताउनुभयो । उहाँले यस अघि पनि गाउँमा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । 

गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले सहयोगी देवकोटालाई विपदको बेलामा सहयोग गरेको भन्दै धन्यबाद व्यक्त गर्नुभयो ।  

शुक्रबार गएको भुकम्पले सानीभेरी गाउँपालिकामा मात्रै १० जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाईते हुनुभएको छ । 

394788880_681934550346507_1201306989346088898_n1699102198.jpg

377184646_2237198549816588_5128266568337983082_n1699102209.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १८:३२
प्रतिक्रिया दिनुहोस्