Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा खोज र उद्धारको काम पुरा, एकद्धार प्रणालीमार्फत राहत वितरण गरिने तयारी

आइतबार, कात्तिक १९, २०८०
tribeni2

रुकुम पश्चिम । शुक्रबार राति गएको भूकम्पको कारण रुकुम पश्चिममा भएको क्षति अन्तर्गत मानविय खोजी र उद्धारको काम पुरा गएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले खोज र उद्धारको काम पुरा भएकोले अब राहत र पुनस्र्थापनाको काम तर्फ अघि बढेको जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले सबै निकायको सक्रिय सहयोगमा भूकम्पको कारण हराएकाहरुको खोजि र उद्धारको काम सफलतापूर्वक गरेर उपचारको समेत उचित प्रवन्ध मिलाएको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी पन्तले भूकम्प गएको राती देखि नै समन्वयका विधिन्न काम सुरु गरेर १८ गते बिहानैबाट भूकम्पबाट प्रभावित क्षेत्रमा जिल्लास्थित सुरक्षा निकायहरु, चिकित्सक सहितको स्वास्थ्यकर्मीहरु, जनप्रतिनिधिहरु, राजनीतिक दलहरु र स्थानीयहरुको सक्रिय सहभागितामा मानवीय खोज तथा उद्धार कार्य सम्पन्न भएको बताउनुभयो । 

खोज तथा उद्धारको कार्य पश्चात भूकम्प प्रभावित र पीडितहरुलाई राहत वितरण गर्ने प्रयोजनार्थ जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीमार्फत राहत वितरणको मोडलमा काम गर्ने उहाँले उल्खेख गर्नुभयो । आजैबाट राहत वितरणको काम सुरु हुने समेत बताईएको छ । 

377303037_351712304088512_5967818530192496913_n1699159055.jpg

कुनै व्यक्ति, संघसस्था तथा निकायहरुले राहत उपलब्ध गराउन चाहेमा जिल्ला विपद् व्यवस्थापन समितिको कार्यालय (जिल्ला प्रशासन कार्यालय) मा विपद् व्यवस्थापन सम्पर्क व्यक्ति सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाल र सहायक विपद् ब्यवस्थापन सम्पर्क व्यक्ति दिलिप बुढाथोकीसंग सम्पर्क गर्नहुन अनुरोध गरिएको छ ।

विपद् व्यवस्थापन राहत सामाग्रीहरु स्थानीय तह र वडाहरुमा हस्तान्तरण गरेर वितरण गर्ने प्रवन्ध मिलाइएको समेत प्रजिअ पन्तले जानकारी दिनुभयो । 
हालसम्मको भूकम्पको कारण जिल्लामा ५२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाईते भएको बताईन्छ । घाईतेहरु मध्य २७ जनालाई थप उपचारको लागि सुर्खेत, नेपालगंज र काठमाडौं पठाईएको छ भने १७४ जना डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न अस्पतालहरुमा अहिले २६ को उपचार भईरहेको छ । 

जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाई गएको भूकम्पले रुकुमपश्चिमका आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका, त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकाका विभिन्न स्थानहरुमा ठुलो क्षति पुगेको छ । 

मानविय क्षति भने आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा भएको छ । 

370355507_1436466717212204_3335851100517302332_n (1)1699159052.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्