Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीमा आज शोक मनाउने, विपद् व्यवस्थापन कोषमा दश करोड जम्मा गर्ने लक्ष्य

आइतबार, कात्तिक १९, २०८०
tribeni2

सुर्खेत। कर्णाली प्रदेश सरकारले आज (आइतबार) भूकम्पमा परी ज्यान गुमाएकाप्रति  श्रद्धाञ्जली व्यक्त गर्न शोक मनाउने निर्णय गरेको छ । सबैलाई सार्वजनिक रूपमा शोक बनाउन आव्हान गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो । 

शुक्रवार राती गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ जनाको मृत्यु हुनुका साथै दुई सयभन्दा बढी घाइते भएका छन् । 

त्यसै गरी कर्णाली प्रदेश सरकारले भूकम्प पीडितहरूको राहत र उद्धारका लागि प्रदेश विपद् व्यवस्थापन कोषमा दश करोड रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले तत्काल राहत र उद्धारका लागि विपद् व्यवस्थापन कोषमा १० करोड रुपियाँ जम्मा गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

भूकम्पबाट प्रभावित स्थानीय तहलाई तत्काल राहत र उद्धारका लागि स्थानीय तहले खर्च गर्ने गरी अवस्था हेरेर पाँचदेखि २५ लाख रुपियाँसम्म प्रदान गर्ने पनि निर्णय भएको उहाँले बताउनुभयो । 

राहतका कामलाई एकद्दार प्रणालीमार्फत गर्ने र जिल्लामा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले विपद्को समयमा सहयोग गर्न सबैलाई सार्वजनिक रूपमा आह्वान गरेको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्