Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आज रुकुम पश्चिमको आठविसकोटमा शोक बिदा

जनप्रतिनिधि, शिक्षक र कर्मचारीको एक महिनाको तलब दिने, किरिया खर्च २५ हजारका दरले दिने
आइतबार, कात्तिक १९, २०८०
tribeni2

रुकुम पश्चिम । शुक्रबार जाजकोटको बारेकोट गाउँपालिका वडा नम्वर १ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पको कारण रुकुम पश्चिमको आविसकोट नगरपालिका क्षेत्रमा ४२ जनाको मृत्यु भएको छ । 

नगरपालिकामा ठुलो मात्रामा जनधनको क्षति भएकोले आज आठविसकोट नगरपालिकामा शोक बिदा दिईएको छ । मानवीय र भौतिक संरचनामा पनि ठुलो क्षतिपछि शोकमा डुबेको नगरपालिकाले जनाएको छ । 

नगर प्रमुख रबि केसीले शनिवार कार्यपालिका बैठक गरेर शोक बिदा सहित अन्य निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाका कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने, नगरपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिले एक एक महिनाको तलब नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय समेत भएको छ ।

त्यसैगरी तत्कालका लागि मृत्यु भएका परिवारलाई २५ हजार दरले क्रिया खर्च उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकले गरेको छ ।

भूकम्प पीडितको राहत तथा पुनस्र्थापनाका लागि बैठकले उप प्रमुख धनकुमारी शाहीको संयोजकत्वमा ११ सदस्यीय विपद् क्षति लगत सङ्कलन मूल्याङ्कन समिति गठन गरेको छ भने सहयोगका लागि विभिन्न दातृ निकाय, संद्धसंस्थालाई अपिल समेत गरेको छ ।

नगरपालिकाले आजदेखि राहत वितरणको कामलाई सुरु गर्ने जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्