Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

उपप्रधानमन्त्री र मुख्यमन्त्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा, तत्काल राहत दिलाउन निर्देशन

आइतबार, कात्तिक १९, २०८०
tribeni2

रुकुम पश्चिम । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राज कुमार शर्मा सहितको टोली भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमनकालागि रुकुम पश्चिम आईपुगेको छ । 

टोलीले जिल्ला सदरमुकाम मुसिकोट पुगेर प्रमुख जिल्ला अधिकारीसहितको टोलीलाई भूकम्प प्रभावित परिवारलाई तत्काल राहत वितरण गर्न निर्देशन गरेको छ । उपप्रधानमन्त्री खड्काले दुई दिनभित्र आवश्यक राहत सामग्रीहरू पुर्‍याउन समेत निर्देशन दिनुभएको छ ।

2_981699172205.jpg

उपप्रधानमन्त्री खड्काले खोज तथा उद्धारको काम सम्पन्न भइसकेकाले संघ, प्रदेश सरकार राहत र पुनर्स्थापनामा लागेको बताउनुभयो । उहाँले आज र भोलिसम्ममा राहतका सबै सामग्रीहरू जिल्लामा पुर्‍याइसक्ने बताउनुभयो । 

शनिबार दिनभर नेपाली सेनाका पाँच हेलिकोप्टरसहित स्काई टकले विरामीहरूको उद्धार गरेको थियो भने आइतबारदेखि राहत सामग्रीहरू सेनाका हेलिकोप्टरले ढुवानी गरिररहेको छ । उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावित जिल्लामै हुनुहुन्छ ।

भूकम्प पीडितहरु समक्ष उहाँले सरकार पीडितकै साथमा रहेकोले उच्च मनोबलका साथ रहन अनुरोध गर्नुभयो । सरकारले राहतका सामान पीडितकै घरमा ल्गाई पुर्याउने, घाईतेको उपचार देखि सम्पूर्ण खर्च व्वस्थापन गर्ने समेत उहाँले बताउनुभयो । 

जाजरकोटमा जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पको कारण जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्