Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

किवानिजद्वारा आठविसकोटका भूकम्प पीडितको लागि राहत सामाग्री प्रदान

आइतबार, कात्तिक १९, २०८०
tribeni2

रुकुम पश्चिम । शुक्रबार जाजरकोटमा केन्द्रबिन्दु भएर गएर भुकम्पले बढी क्षति बेहोरेको रुकुम पश्चिमको आठविसकोट नगरपालिका क्षेत्रमा वितरण गर्नको लागि राहत जुट्ने क्रम सुरु भएको छ ।

यसैक्रममा भूकम्प पीडितहरुको सहयोगका लागि त्रिवेणी गाउँपालिकाको खारामा रहेको  किवानिज ईन्टरनेशनल क्लकले आठविसकोट नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण गरेको छ । 

क्लबले आईतबार आठविसकोट नगरपालिका पुगेर नगर प्रमुख रबि केसीलाई राहत सामाग्री हस्तान्तरण गरेको हो । 

नगरपालिकालाई १३ बोरा चामल, १३ बोतल तेल, प्राथमिक उपचारको लागि आवश्यक औषधि सहितका राहत सामाग्री प्रदान गरिएको हो । 

उक्त राहत सामाग्री संकलन तथा हस्तान्तरण कार्यमा क्लबका अध्यक्ष बिर बहादुर ओली, सचिव बिर्ख बहादुर के.सी., त्रिवेणी गाउँपालिका वडा नम्वर ३ का वडाअध्यक्ष दिपेन्द्र कुमार ओली, वडा सदस्य लोकेन्द्र के. सी., वडा नम्वर ६ का पूर्व वडाअध्यक्ष राजेन्द्र पुन, शिक्षक गणेश ओली, गणेश बहादुर ओली, समाजसेवी हरीबहादुर खड्का (हेमन्त) शेर बहादुर के. सी., हिरालाल के. सी.,  क्लबका सल्लाहकार सर्वजित ओली, स्वास्थ्य सहायक प्रेमप्रकाश के. सी., समाजसेवी मिनराज ओली, पत्रकार गोपाल ओली लगायतको सहभागीता रहेको थियो । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्