Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अखिल क्रान्तिकारी र वाईसियल उद्धार र पुनस्र्थापनाको काममा सक्रिय

१५ घरको लागि अस्थायी बासस्थान तयार, ३५ बढी घरको सामाग्री व्यवस्थापन
आइतबार, कात्तिक १९, २०८०
tribeni2

रुकुम पश्चिम । जाजरकोटमा शुक्रबार गएको भूकम्पको कारण क्षति भएका रुकुम पश्चिमका विभिन्न काममा उद्धार, राहत वितरण तथा पुनस्र्थापनाको काम तिब्र रुपमा भईरहेको छ । 

यसै क्रममा रुकुम पश्चिमस्थित नेकपा (माआवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी), वाईसियल र जन साँस्कृतिक महासंघको टोलीले आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा उद्धार र पुनस्र्थापनाको कामलाई निरन्तरता दिएको छ । 

आईतबार अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिव तुल देवकोटाको नेतृत्वमा रहेको टोलीले सानीभेरी गाउँपालिकामा उद्धार र पुनस्र्थापनाको काम गरेको छ । अखिल (क्रान्तिकारी) का पूर्व जिल्ला अध्यक्ष नारायण केसीका अनुसार आज सानीभेरी गाउँपालिका १ का रझेना, पक्रैया र चाईना बगरमा पुगेर उद्धार र पुनस्र्थापनाको काम गरिएको छ ।

उहाँका अनुसार आज ३५ बढी घरमा पुगेर पुरिएका अन्नपात, लत्ताकपडा र अन्य घरायसी सामान निकालिएको छ । त्यसैगरी भूकम्प पीडित तथा प्रभावितहरु बस्नलाई टेन्ट निर्माण गर्ने, मरेका पशु चौपायाहरुको व्यवस्थापन गर्ने काम गरिएको केसीले बताउनुभयो । 

उक्त टोलीले आजै १५ घर परिवारको लागि अस्थायी बासस्थान समेत निर्माण गरेको बताईन्छ । यो कार्यलाई निरन्तर सञ्चालन गरिने बताईएको छ । 

यस कार्यमा युवा नेता डम्बर थापा, बिद्यार्थी नेताहरु तुल देवकोटा, नारायण केसी, बिशाल बिष्ट, किरण विश्वकर्मा, दुर्गा प्रसाद विश्वकर्मा लगायतको सक्रियता रहेको थियो । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  २०:३५
प्रतिक्रिया दिनुहोस्