Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेकपाद्वारा पीडित परिवारलाई राहत र अस्पतालमा औषधी हस्तान्तरण

आइतबार, कात्तिक १९, २०८०
tribeni2

रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले आठविसकोटमा भूकम्प पीडितहरुको लागि राहत उपलब्ध गराएको छ । 

पार्टीका जिल्ला ब्युरो ईन्चार्ज सबिन पोखरेलको नेतृत्वमा रहेको एक टोलीले आठविसकोट नगर अस्पतालमा एक पेटी औषधि र मृतकका परिवारलाई राहत उपलब्ध गराएको हो । 

जिल्ला सेक्रेटरी हरि पुनका अनुसार ५० परिवारलाई डसना, त्रिपाल, म्याट, सिरक लगायतका राहत सामाग्री प्रदान गरिएको हो । भूकम्पले सबैभन्दा बढी प्रभावित आठविसको नगरपालिकाको वडा नम्वर ११, १३ र १४ मा पुगेर उक्त सामाग्रीहरु वितरण गरिएको हो ।  

जिल्ला सेक्रेटरी पुनका अनुसार पहिलो चरणमा मृतकका परिवार र अति विपन्न परिवारलाई प्राथमकिता दिएर राहत उपलब्ध गराईएको हो । 

जिल्ला ब्युरो ईन्चार्ज सबिन पोखरेलका अनुसार नगर अस्पतालमा विभिन्न प्रकारका औसधि उपलब्ध गराइएकाे छ भने एकीकृत घुम्ती सहायता टिम बनाएर सहायता सामग्री , मेडिकल टिम, उद्दार टीम बनाएर लगातार भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ ।

उहाँले पीडितहरुको पीडा र दुखमा साथ दिने प्रयत्न गरिरहेको बताउनुभयो । उहाँले भूकम्प पीडितहरुलाई तत्काल लत्ताकपडाहरु, (बल्याङकेट, सिरक, डसना, लगाउने  तातो कपडा , त्रिपाल, टेन्ट), खाद्यान्न (दाल, चामल, तेल), पुनर्निर्माणका सामग्री र व्यवस्थापकीय प्याकेज आवश्यक रहेको बताउनुभयो । 

396968111_349785070795421_483449166531876302_n1699199972.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  २१:४२
प्रतिक्रिया दिनुहोस्