Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खोजी र उद्धारमा रुकुम प्रहरी, कार्यालय सुरक्षामा दुई जना राखेर सबै प्रहरी फिल्डमा 

आइतबार, कात्तिक १९, २०८०
tribeni2

रुकुम पश्चिम । शुक्रबार जाजरकोटमा आएको भूकम्पले जाजरकोटसहित रुकुम पश्चिमका विभिन्न स्थानमा ठुलो जनधनको क्षति गरेको छ । रुकुम पश्चिममा मात्र ५२ जनाको मृत्यु भएको छ भने सयौ घाईते भएका छन् । 

भूकम्प गएपछि रुकुम पश्चिमस्थित प्रहरीले खोजी, उद्धार र घाईतेहरुको उपचारमा स्रहानिय कार्य गरेको छ । १७ गते राती गएको भुकम्प पश्चात जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनधनको क्षतिहुनबाट रोक्नको लागि तत्काल मातहतका २९ वटै प्रहरी युनिटहरुलाई स्थानीय तहसँग समन्वय गरेर घटनास्थलमा परिचालन गरेको थियो । 

371521074_1024767045235602_2431108782988987718_n1699202648.jpg

प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर तत्काल जिल्ला बिपद ब्यवस्थापन समितिको बैंठक राखिएकाे थियाे । त्यसपछी पीडीतको खोजी तथा उद्दारको लागि सबै प्रहरी युनिटहरुबाट कार्यालय सुरक्षामा २ जना मात्र राखी बाँकी सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई खोजी तथा उद्दारको लागि आवश्यक उपकरण सहित राति नै घटनास्थलमा परिचालन गरिएकाे बताइन्छ।

जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरी जिल्ला बिपद व्यवस्थापन समितिसँग निरन्तर समन्वय गरी पीडीतको खोजी तथा उद्दार गर्ने कार्यमा प्रहरी अब्बल रहेको थियो । 

police21699202691.jpg

भुकम्पबाट बढि प्रभाबित ईलाकाहरु आठबिसकोट नगरपालिकाको वडा नम्वर ११, १२, १३ र १४ तथा सानीभेरी गाउँपालिकाको वडा नम्वर १, २ र ४ मा उद्दारको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली र ईलाका प्रहरी कार्यालय आठबिसकोट र चौरजहारीबाट प्रहरी निरीक्षक सहितको टोली तत्काल खटाईएको डिएसपी भट्टराईले जानकारी दिनुभयो । 

घटनास्थलबाट घाईतेलाई उद्दार गरी नजिकको स्वास्थ्य चौकी, नगर अस्पताल तथा जिल्ला अस्पताल सल्लेमा ल्याएर उपचारको ब्यवस्था गर्न र गम्भिर प्रकृतिका बिरामीहरुलाई थप उपचारको लागि जिल्ला बाहिर पठाउन प्रहरीले अगुवाई गरेको थियो । 

police11699202687.jpg

घटनास्थलमा खोजी तथा उद्दार कार्य पश्चात फेला परेका मृतकहरुको पहिचान गरी पीडित तथा आफन्तहरुको सहजिकरणको लागि सम्बन्धितस्थलमै मुचुल्का तथा पोष्टमार्टम गर्ने व्यवस्था गरेर प्रहरीले स्रहानिय कार्य गरेको छ । 

सम्पूर्ण सुरक्षा निकाय, जनप्रतिनिधि र स्थानीय समेतको सक्रिय परिचालनले खोज, उद्धार र उपचारको काममा पीडित र अन्य निकायको गुनासो समेत नआएको प्रहरीको भनाई छ । 

police1699202687.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  २२:१९
प्रतिक्रिया दिनुहोस्