Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोटमा पीडितलाई राहतसँगै मृतक परिवारलाई किरिया खर्च वितरण सुरु

सोमबार, कात्तिक २०, २०८०
tribeni2

रुकुम पश्चिम । शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण रुकुमपश्चिमको आठविसकोटमा ४२ जनाको मृत्यु भएको छ भने सयौ घरमा क्षति पुगेको छ । भूकम्प प्रभावित क्षेत्र आठविसकोट, सानीभेरी, चौरजहारी, त्रिवेणी लगायतका स्थानीय तहमा पीडित र प्रभावितहरु राहतको पखाईमा रहेका छन् । 

यसैबिच जिल्लाको आठविसकोटमा राहत वितरणसँगै मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराउन सुरु गरिएको छ । सोमबार बेलुकाबाट मृतक परिवार र पीडितहरुको घरमा पुगेर राहत उपलब्ध गराउन थालिएको हो । 

नगर प्रमुख रबि केसीले सबैभन्दा बढी प्रभावित बनेको वडा नम्वर १४ मा पुगेर आफ्नो नेतृत्वको टोलीले किरियाखर्च र राहत वितरण सुरु गरेको बताउनुभयो । शुक्रबार रातीबाट खोज र उद्धार, सोमबार दिनभर उद्धार र उपचारको काममा सक्रिय भएर सोमबार राहत संकलनको काममा लागेको उहाँले जानकारी दिनुभयो । 

आईतबार मृतकहरुको दाहसस्कार पश्चात मृतककै घरमा पुगेर रातीबाट नै किरिया खर्च र राहत वितरण सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले आफ्नो र उप प्रमुखको नेतृत्वमा रहेको टोलीले आईतबार अबेलासम्म सात परिवारलाई किरिया खर्च र ७० बढी परिवारलाई राहत उपलब्ध गराईसकिएको बताउनुभयो । नगरका अन्य स्थानहरुमा पनि विभिन्न निकायले सहयोग वितरण गरेको उहाँको भनाई छ । 

मृतकका परिवारलाई २५ हजार रुपियाँ किरिया खर्च र तत्कालको लागि राहत सामाग्री बोकेर सबै जनशक्ति फिल्डमा परिचालन भएको नगर प्रमुख केसीले उल्लेख गर्नुभयो ।

WhatsApp Image 2023-11-06 at 07.35.23_b6e6365a1699243538.jpg

राहत वितरण कार्यमा प्रदेश सभा सदस्यहरु महेन्द्र केसी र कल्याणी खड्का, जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम, आठविसकोट नगरपालिकाका पूर्व नगर प्रमुख गोर्खबहादुर केसी, नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति रमा गौतम सहितको टोली स्थानीय सरकारसँगै सक्रिय भएर लागिरहेको छ । 

पीडितहरुलाई उपलब्ध गराएको कर्णाली प्रदेश सरकार, राहत शान्ति नेपाल, नेपाल रेडक्रस सोसाईटी, विश्व खाद्य कार्यक्रम लगायत अन्य सघं संस्थाको सहयोग गरेका हुन् । 
394699555_3166064690364400_5846805017921231025_n1699243500.jpg

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्