Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेपालगञ्जका व्यवसायीद्वय अन्सारीद्वारा भूकम्प पीडितको लागि राहत सामाग्री प्रदान

सोमबार, कात्तिक २०, २०८०
tribeni2

रुकुम पश्चिम । बाँकेको नेपालगञ्जमा व्यवसाय गरिरहनुभएका दुई जनाले रुकुम पश्चिममा रहेका भूकम्प पीडितहरुको लागि राहत सामाग्री प्रदान गर्नुभएको छ । 

असद ईन्टर प्राईजेजका सञ्चालक चाँद बाबु अन्सारी र राप्ती चुडि पसलका सञ्चालक जमानुद्धिन अन्सारीेले राहत सामाग्री सहयोग गर्नुभएको हो । 

उहाँहरुले नेपालगंजबाट पठाएको राहत सामाग्री रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पठाईएको छ । विपद्को बेला पीडितको दुखमा साथ दिन सहयोग गरिएको उहाँहरुको भनाई छ । 

चौरजहारी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तेजबहादुर बिष्टले नेपालगञ्जबाट पठाएको राहत सामाग्री चौरजहारी आईपुगेको बताउनुभयो । उहाँले उक्त सामाग्री चौरजहारी नगरपालिकामा हस्तान्तरण गरिने जानकारी दिनुभयो । 

व्यवसायीद्वय अन्सारीले १६ बोरी चामल, ३० बोतल तेल, २५ पेटि वाईवाई चाउचाउ, ३२ किलो चिउरा, ४० प्याकेट भुजा सहितको सामाग्री सहयोग गर्नुभएको हो । 

WhatsApp Image 2023-11-06 at 08.29.16_4568b0a71699244953.jpg

WhatsApp Image 2023-11-06 at 09.20.14_0bee257a1699244954.jpg

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्