Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रेडक्रसद्वारा रुकुम पश्चिमका ६ सय परिवारको लागि सहयोग सामाग्री प्रदान

सोमबार, कात्तिक २०, २०८०
tribeni2

रुकुम पश्चिम । भूकम्पबाट बढी प्रभावित रुकुम पश्चिमको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका पीडित तथा प्रभावितहरुलाई लागि नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले राहत सामाग्री उपलब्ध गराएको छ । 

रेडक्रसले आठविसकोट नगरपालिकाका तीन सय र सानीभेरी गाउँपालिकाका तीन सय गरेर ६ सय परिवारको लागि तत्काल आवश्यक सामाग्री स्थानीय सरकारलाई उपलब्ध गराएको शाखाका सभापति रमा गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार त्रिपाल, डोरी, म्याट्रेस, कम्बल लगायतका सामाग्री सम्बन्धित पालिकामै पुगेर आईतबार साँझ हस्तान्तरण गरिएको हो । सभापति गौतमका अनुसार स्थानीय सरकारलाई हन्तान्तरण गरिएका ती सामाग्रीहरु वितरण समेत सुरु गरिएको छ ।  

‘राहत सामाग्री धमाधम पीडितहरुलाई उपलब्ध गराउन थालिएको छ,’ गौतमले भन्नुभयो, ‘रेडक्रसकर्मीहरु पनि प्रत्यक्ष रुपमा राहत वितरणमा स्थानीय सरकारको साथमै हुनुहुन्छ ।’ 

जिल्ला शाखा र उपशाखा समेतका गरेर २० जना रेडक्रसकर्मीहरु जिल्लाको विभिन्न स्थानमा रहेका भूकम्प पीडितहरुलाई राहत उपलब्ध गराउने काममा खटिएको बताईएको छ । यसका साथै केन्द्रीय कार्यालयबाट समेत उद्धार तथा राहतको लागि टोली जिल्लामा आई पुगेको छ । 

396625525_844959457269601_8344965708497194977_n1699248342.jpg

redcross1699248335.jpg

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्