Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्पबाट रुकुम पश्चिमका १६ हजार ५७० घर पूर्ण रुपमा क्षति भएको प्रारम्भिक विवरण

मानविय र भौतिक क्षति आठविसकोटमै बढी
सोमबार, कात्तिक २०, २०८०
tribeni2

रुकुम पश्चिम । गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पको कारण रुकुमपश्चिममा ५२ जनाको मृत्यु भएको छ भने ठुलो मात्रामा भौतिक क्षति भएको छ ।

सोमबार बिहान सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा प्रारम्भिक रुपमा जिल्लाका ६ वटा स्थानीय तहमा १६ हजार ५७० घर पूर्ण रुपमा क्षति भएको बताईएको छ । यो तथ्यांक अझै बढ्न सक्ने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो । 

नगरपालिका तथा गाउँपालिका प्रमुखहरुले बैठकमा पेश गरेको प्रारम्भिक तथ्यांक अनुसार आठविसकोटमा सबैभन्दाबढी क्षति भएको छ । बैठकमा आठविसकोट नगरपालिका प्रमुख रबि केसीले नगरपालिकाका सात हजार १४८ घर क्षति भएको जानकारी दिनुभयो ।

त्यसैगरी सानीभेरी गाउँपालिका प्रमुख बिर्खबहादुर बिष्टले तीन हजार १४६ घर पूर्ण रुपमा क्षति भएको र ७२२ घर आंशिक रपमा क्षति भएको बताउनुभयो । 

बैठकमा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले एक हजार ९८७ घर पूर्ण रुपमा र चार हजार ३७४ घर आशिंक रुपमा क्षति भएको जानकारी गराउनुभयो । मुसीकोट नगरपालिका भित्र दुई हजार तीन सय घर पूर्ण रुपमा क्षति भएको र तीन हजार पाँच सय घरमा आशिंक क्षति भएको नगर प्रमुख महेन्द्र केसीले बताउनुभयो । 

त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश केसीले एक हजार ९३५ घर पूर्ण र एक हजार २५८ घरमा आंशिक क्षति भएको जानकारी दिनुभयो । त्यसैगरी बाँफिकोट गाउँपालिकामा १८ वटा घर पूर्ण रुपमा क्षति भएको र १०७ वटा घर आंशिक रुपमा क्षति भएको गाउँपालिका अध्यक्ष जनक कुमार बाँठाले बताउनुभयो । 

थप आवास तथा पूर्वाधार संरचनाको क्षतिको विवरण संकलन भईरहेकोले यो संख्या बढ्न सक्ने बताईएको छ । पूर्ण र आशिंक रुपमा क्षति भएका घरमा बस्न नमिल्ने अवस्थाको सूचना प्राप्त भएको बताउँनुहुँदै प्रमुख जिल्ला अधिकारी पन्तले उल्लेखित घर परिवारको लागि आवश्यक रकम तथा बैकल्पिक व्यवस्थाका लागि माथिल्लो निकायमा लेखि पठाउने निर्णय भएको जानकारी दिनुभयो । 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्