जाजरकोटकाे रामिडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्प

सोमबार, कात्तिक २०, २०८०

जाजरकोट  जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्पको पराकम्प गएको छ ।

अपरान्ह ४ः३४ बजे जाजरकोट केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले बताउनुभयो ।

भूकम्पको पराकम्पले केकति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । भूकम्प पराकम्पको धक्का पश्चिम नेपालका जिल्ला साथै काठमाडौं उपत्यकासम्म महशुस गरिएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्