Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्प प्रभावितहरुका लागि नेराकसं रुकुम पूर्वद्वारा सहयोग हस्तान्तरण

सोमबार, कात्तिक २०, २०८०
tribeni2

रुकुम पुर्व । नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेराकसं) निजामती रुकुम पूर्वले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुको सहयोगार्थ ५० हजार एक सय रुपैयाँ सहयोग गरेको छ ।

संगठनले भुकम्प प्रभावितहरुको लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । 

संगठनका अध्यक्ष दिनेश ओलीका अनुसार रुकुम पूर्वमा रहेर नेराकसंमा आवद्ध कर्मचारीहरुले स्वेच्छिक रुपमा दिएको रकम हस्तान्तरण गरिएको हो । 

गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको मृत्यु भएको थियो ।

सयौ जना घाईते भएका छन् भने भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा भौतिक संरचनाहरु ध्वस्त भएका छन् ।

370198840_267000146316490_3963261803731306981_n1699287569.jpg

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  २२:०२
प्रतिक्रिया दिनुहोस्