Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वनगाड कुपिण्डेद्वारा रुकुम र जाजरकोटका भूकम्प पीडितलाई राहत सामाग्री प्रदान

सोमबार, कात्तिक २०, २०८०
tribeni2

सल्यान । सल्यान वनगाड कुपिण्डे नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई राहत सामाग्री सहयोग गरेको छ । भूकम्पमा परी ठुलो जनधनको क्षतिको सामना गरेका पीडित परिवारलाई राहत सहयोग गरेको हो ।

कात्तिक १७ गते मध्यरातमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाई ६.४ रेक्टरको भुकम्पमा परेर मानवीय तथा भौतिक क्षतिको सामना गरिरहेको जाजरकोट जिल्लाको भेरी नगरपालिका र नलगाड नगरपालिकाको लागि ४३ वटा बलाङ्केट र १२ काट्नु तत्काल आवश्यक पर्ने औषधि सहयोग हस्तान्तरण गरिएको छ  । 

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा १८ वटा बलाङ्केट ६ काटुन औषधि सहयोग हस्तान्तरण गरिएको नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले बताउनु भएको छ । साथै सानीभेरी गाउँपालिकामा २० बोरी चामल सहयोग गरिएको उप प्रमुख पुरुषोत्तम आचार्यले जानकारी दिनु भएको छ ।

छिमेकी जिल्ला विपत्तिमा परेको बेला केही सानो भएपनी सहयोग गरेको नगरपालिका जनाएको छ । नगरपालिका दुई वटा एम्बुलेन्स स्वास्थ्यकर्मी र स्कारपियो समेत उद्धारको लागि सहयोग गरेको थियो ।

राहत सहयोग लिएर नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, उप प्रमुख पुरुषोत्तम आचार्य, ६ नम्वर वडा अध्यक्ष गणेश विसि भुकम्प पीडित क्षेत्रमा गएर मृतक परिवार र घाइतेहरुको भेटघाट समेत गर्नु भएको थियो ।

380356619_1285498536180265_7119081171765504640_n1699288613.jpg

387632666_1013951343278827_1642134563670591866_n1699288614.jpg

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  २२:२०
प्रतिक्रिया दिनुहोस्