Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनार्दनको अनुरोध : नेताहरु, भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा भन्दा आवश्यक सामानमा जोड दिनुस्

सोमबार, कात्तिक २०, २०८०
tribeni2

रुकुम पश्चिम । पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले भूकम्प प्रभावित क्षेत्रमा नेताहरुले भ्रमणको सट्टा आवश्यक सामानमा जोड दिन आग्रह गर्नुभएको छ । 

सोमबार सामाजिक सञ्जाल फेसबुमा एक पोष्ट गर्नुहुँदै शर्माले  चिसो मौसमका कारण भुकम्पबाट प्रभावित जनताको अबस्थालाई ध्यान दिन तत्काल त्रिपाल, कम्मल, म्याट आवश्यक भएको जनाउनुभयो । उहाँले सरकार र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउनु हुँदै काम बिस्तारै हुन्छ भन्ने अबस्था नरहेकोले समेत जनाउनुभयो । 

भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लामा माटोले जोडेका घर भएकाले हजारौँ घरहरु भत्किएका र चिरा परेर बस्न नहुने अवस्था रहेको शर्माको भनाई छ । नेकपा माओवादी केन्द्रका उप महासचिव समेत रहनुभएका पूर्वमन्त्री शर्माले माटोको जोडाई भएका घरमा रेट्रोफिटिङ गर्न पनि असम्भव हुने भएकाले यो क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरु घर बाहिर बस्न बाध्य भएको बताउनुभयो । 

उहाँले सरकारको स्टोरबाट प्राप्त १० हजार थान त्रिपाल जाजरकोट र रुकुम पश्चिममा पाँच/पाँच हजार थानका दरले सोमबार मात्र जिल्ला आईपुगेको जानकारी दिनुभयो । रुकुमपश्चिम, जाजरकोट र सल्यान जिल्लामा २५ हजार थान भन्दा बढि त्रिपाल आवश्यक भएकोमा १० हजार थान सरकार र अन्य दुई तीन हजार थान विभिन्न संघ संस्था र दाताबाट प्राप्त भएको देखिन आएको शर्माले जानकारी गराउनुभयो । 

रुकुम पश्चिमबाट प्रतिनिधि सभामा निर्वाचित शर्मा भूकम्पपछि प्रभावित क्षेत्रमा उद्धार, उपचार र राहत व्यवस्थापनको काममा नियमित सक्रिय हुनुहुन्छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  २२:४०
प्रतिक्रिया दिनुहोस्