Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्प प्रभावित क्षेत्रमा मनोविमर्श सेवा

स्नेह केन्द्रको रुपमा महिलामैत्री सुरक्षितस्थल निर्माण
मंगलबार, कात्तिक २१, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले मनोविमर्श सेवा सुरु गरेको छ । 

जिल्लाको सानीभेरी गाउँपालिकाको दुई र आठविसकोट नगरपालिकाको एक स्थानमा टेन्ट निर्माण गरेर मनोविमर्श सेवा र महिलामैत्री सुरक्षितस्थल निर्माण गरिएको छ । 

ओरेक नेपालका जिल्ला संयोजक दिपा धितालका अनुसार भुकम्पका कारण आफ्नो परिवारजन गुमाएका, घाइते भएका, भूकम्पको पटक पटकधक्का महशुस गरिरहेका व्यक्तिहरुलाई यसले गहिरो मानसिक असर पर्न जाने अवस्थालाई मध्यनजर गरी यस्तो सेवा सुरु गरिएको हो ।

महिला मानव अधिकार रक्षक सञ्जाल र स्थानीयतहसंग समन्वय र सहकार्य गरी भूकम्प प्रभावितहरु क्षेत्रमा मनोविमर्श सेवा सुरु गरिएको हो । सुरुवात चरणमा समुहगत रुपमा मनोविमर्शकर्ताहरुद्धारा मनोमरामर्श सेवा सुरु भएको छ । 

398897178_880943180360501_4489094984024623698_n1699318540.jpg

संयोजक धितालका अनुसार हाललाई सानीभेरी गाउँपालिकाको वाड नम्वर १ चाईनाबगर र वडा नम्वर ४ बलिबांग र आठविसकोट नगरपालिकाको वडा नम्वर १४ छेपारेमा मनोविमर्शकर्ताहरुद्वारा मनोसामाजिक विमर्श सेवा प्रदानगर्न शुरुवात गरिएको छ । 

मनोविर्श सेवासँगै ओरेकले महिलौत्री सुरक्षित स्थल निर्माण गरेर सेवा दिन थालेको छ । विपत्तिको अवस्थामा "तिमी एक्लो छैनौ, तिम्रो साथमा हामी छौँ" भन्ने आभास दिलाउन तथा आत्मविश्वास बढाउने उद्देश्यले सुरक्षित स्थल निर्माण गरिएको हो ।

सुत्केरी तथा गर्भवति महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गगता भएका  व्यक्तिलगायत फरक आवश्यक्ता भएका व्यक्तिहरुलाई तत्कालै सुरक्षित स्थानमा राख्नुपर्ने आवश्यक्तालाई मध्यनजर गदैँ स्नेहकेन्द्रको रुपमा महिला मैत्रीसुरक्षित स्थल स्थापना गरिएको संयोजक धितालले उल्लेख गर्नुभयो ।

ओरेकले विभिन्न दातृनिकायहरु लगायतका सहयोगी संघ संस्थाहरुसंग समन्वय गरी प्रभावित क्षेत्रमा अति आवश्यक सामग्रीहरु तत्काल उपलब्ध गराउन पहल समेत गरेको छ । 

399547883_880943363693816_4505524091168199178_n1699318541.jpg

399643195_881615890293230_4898536048525292090_n1699318542.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०६:३५
प्रतिक्रिया दिनुहोस्