Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्पबाट मृतक सबै परिवारलाई किरिया खर्च र राहत प्रदान

मंगलबार, कात्तिक २१, २०८०
tribeni2

रुकुम पश्चिम । गत शुक्रबार आएको भुकम्पको कारण मृत्यु भएका रुकुम पश्चिमका सबै परिवारलाई स्थानीय सरकारले किरिया खर्च र राहत सामाग्री उपलब्ध गराएका छन् । 

आठविसकोट नगरपालिका क्षेत्रमा ४२ जना मृतक र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको थियो । आठविसकोटका दुई जना र सानीभेरीका दुई जनाको जाजरकोटमा मृत्यु भएको थियो भने आठविसकोटमा जिल्ला बाहिरका चार जनाको मृत्यु भएको थियो । 

आठविसकोट र सानीभेरी क्षेत्रमा किरिया कर्म गरिरहेका सबै मृतकका परिवारलाई सम्बन्धित स्थानीय तहले २५ हजार रुपियाँको दरले किरिया खर्च दिईसकेको जानकारी दिएका छन् ।

आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रमुख प्रशासकिय अधिकृत मनिराज शाहका अनुसार किरिया खर्चसँगै राहत समेत उपलब्ध गराईएको छ । नगर प्रमुख रबि केसी र उप प्रमुख धनकुमारी शाहीको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो । 

सानीभेरी गाउँपालिकाका बाल अधिकार अधिकृत मानविर ओलीका भूकम्पको कारण मृत्यु भएका १२ जना मृतकका घरमा पुगेर २५ हजार रुपियाँको दरले किरिया खर्च र राहत सामाग्री बुझाईसकिएको छ । अन्य पीडितहरुलाई पनि तिब्र रुपमा राहत वितरण गरिरहेको उहाँले ओलीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्