Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्पबाट चौरजहारीमा ६ हजार बढी परिवार प्रभावित, सबै खुला आकाशमूनी बस्न बाध्य

मंगलबार, कात्तिक २१, २०८०
tribeni2

रुकुम पश्चिम । गत शुक्रबार जाजरकोट केन्द्र बिन्दु भएर आएको भुकम्पले रुकुम पश्चिमको चौरजहारी क्षेत्रमा ठुलो मात्रामा भौतिक क्षति गरेको छ । 

नगर प्रमुख पुष्प बादीका अनुसार नगरपालिकाका २१ जना घाईते हुनुभएको छ भने ६ हजार १२६ परिवार प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । प्राप्त तथ्यांकअनुसार एक हजार ५५२ घर पुर्ण  क्षति भएका छन् भने चार हजार ५७४ घरमा आंशिक क्षति पुगेको छ । 

सबैको ध्यान मानविय क्षति भएको स्थानमा बढी मात्रामा केन्द्रित भएको र भौतिक क्षति भएका स्थानहरु त्रिपालसम्म उपलब्ध हुन नसकेको नगर प्रमुख बादीको भनाई छ । 

विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार चौरजहारी नगरपालिका संगको समन्वयमा नेपाल रेडक्रस सोसाइटीले प्रारम्भिक द्रुत लेखाजोखा कार्य सम्पन्न गरेको छ । रेडक्रसका अनुसार चौरजहारी क्षेत्रमा रहेका सबै प्रभावित परिवार खुला आकाश मुनी बस्न बाध्य भएका छन । 

राहत सामग्रीका लागि रेडक्रस, युनिसेफ लगायतका विभिन्न संघ सस्थाहरुसँग समन्वय भईरहेको छ । केही राहत सामग्री प्राप्त भएका छन भने केही आउने क्रममा रहेका छन ।

आज देखि बढी प्रभावित क्षेत्रमा प्राप्त भएका राहत सामाग्री वितरण गरिने नगरपालिकाले जनाएको छ । 

WhatsApp Image 2023-11-07 at 09.28.47_bb41f2741699331128.jpg

WhatsApp Image 2023-11-07 at 09.32.09_94b2d6ea1699331072.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्