Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सरकार उत्तरदायी भएर काम गरिरहेको छ, हामी पीडितको साथमा छौ : राष्ट्रपति पौडेल

मंगलबार, कात्तिक २१, २०८०
tribeni2

रुकुम पश्चिम । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित जिल्लामा सरकारले उत्तरदायी भएर काम गरिरहेको बताउनुभएको छ ।

भूकम्प प्रभावितहरुको अवस्था बुझ्न जाजरकोट हुँदै रुकुमपश्चिम आईपुग्नु भएका राष्ट्रपति पौडेलले लोकतान्त्रिक राज्य हुनुको आभास जनतालाई दिलाउन सरकार सक्रिय भएर लागि परेको बताउनुभयो । 

जनताका दुःखका दुःखमा बिसाउन आफू भूकम्प प्रभावित क्षेत्रमा आईपुगेको बताउनुहुँदै राष्ट्रपति पौडेलले विपत्तिलाई सामना गर्न सारा राज्य भूकम्प प्रभावितहरुको साथमा रहेको बताउनुभएको छ । गत शुक्रबार जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकमले रुकुमपश्चिम र जाजरकोटमा ठुलो विपत्ति निम्त्याएको उल्लेख गर्नुहुँदै उहाँले यस सरकारको ध्यान यसैमा केन्द्रित भएकोले नआत्तिन अनुरोध गर्नुभयो । 

भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्ने क्रममा जिल्ला सदरमुकाम आईपुग्नुभएका राष्ट्रपति पौडेलले सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्री सहितको राज्य संयन्त्र निरन्तर प्रभावितको उद्धार र राहतको काम लागिरहेको जानकारी दिनुभयो । राज्यलाई नोक्सानीको सहि सूचना दिएर राहत र पुनर्निमाणको कार्यमा सहयोग गर्न समेत उहाँले अनुरोध गर्नुभयो । 

जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दलका प्रतिनिधि, कर्मचारीहरु लगायतलाई उहाँले पीडित तथा प्रभावितहरुलाई राहत, अस्थायी बासस्थान र स्वास्थ्य अवस्थालाई प्राथमिकता दिएर काम गर्न निर्देशन गर्नुभयो । 

राष्ट्रपति पौडेल समक्ष प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जिल्लामा भएको मानवीय र भौतिक क्षतिको अवस्था र तत्कालको आवश्यकताका बिषयमा जानकारी गराउनुभएको थियो ।

उहाँले जिल्लामा ५२ जनाको मृत्यु भएको र १६ हजार ५७० घर पूर्ण रुपमा क्षति भएको प्रारम्भिक विवरण संकलन भएको जानकारी गराउनुभयो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्