Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीका १४ वटै वडामा एकैदिनमा राहत वितरण

मंगलबार, कात्तिक २१, २०८०
tribeni2

रुकुम पश्चिम । भूकम्पमा परेर भौतिक क्षति बेहोरेको रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज मंगलबार राहत वितरण गरिएको छ । 

चौरजहारीमा एकै दिनमा ठुलो वडा नम्वर १ देखि वडा नम्वर १४ सम्म राहत वितरण गरिएको हो । नगरपालिकाभर एक हजार नौ सय भन्दा बढी परिवारलाई पहिलो चरणको राहत उपलब्ध गराईएको नगरपालिकाले जनाएको छ । 

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालका अनुसार नगरपालिकाभर हालसम्म एक हजार ९४० थान त्रिपाल, एक हजार ३८५ थान कम्बल, १४ रोल म्याटका साथै दैनिक उपभोग्य खाद्य सामाग्री वितरण गरिएको हो । भूकम्प प्रभावितहरुलाई चामल, नुन, तेल, दाल लगायतका राहत सामाग्री वितरण गरिएको हो । 

रहत वितरणमा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादी, उज प्रमुख ईश्वरी शर्मा बि.एम, जनप्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न सहयोगी निकाय प्रतिनिधिहरु लगायतको सक्रियता रहेको थियो । 

397539616_6649507245157282_3392364387561499702_n1699371801.jpg

आज वितरण गरिएका राहत सामाग्रीहरु मध्य चौरजहारी नगरपालिका आफैले केहि खरिद गरेको हो भने कर्णाली प्रदेश सरकार, रेडक्रस, असद ईन्टरप्राईजेज, मानव विकास तथा सामुदायिक सेवा नेपाल, सशस्त्र प्रहरी बलले सहयोग गरेका हुन् । 

त्यसैगरी चौरजहरी नगरपालिका १ निवासी प्रेम बहादुर ओली, काठमाडौ महानगरपालिका, युनिसेफ, जिल्ला प्रशासन कार्यालय, नेपालगञ्ज उद्योग वाणिज्य संघ, सुन्दर ढोका साथी, सि जि फुड्स नेपाल, फेकोफन लगायतका निकायले राहत सामाग्रीहरु चौरजहारी नगरपालिकालाई उपलब्ध गराएका हुन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  २१:२२
प्रतिक्रिया दिनुहोस्