Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

काठमाडौको कर्मयोग फाउण्डेशनद्धारा भूकम्प पीडितलाई राहत

मंगलबार, कात्तिक २१, २०८०
tribeni2

रुकुम पश्चिम । गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पको कारण रुकुम पश्चिम र जाजरकोटमा पीडित तथा प्रभावितहरु बनेकाहरुलाई काठमाडौको कर्मयोग फाउण्डेशनले राहत सामाग्री प्रदान गरेको छ । 

भूकम्पमा परी मृत्यु भएका जाजरकोटको भेरी नगरपालिका रिम्नाका आठ परिवार र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ४ का भूकम्प प्रभावित ५० घर परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । 

समाजसेवी मदन शाहका अनुसार फाउण्डेशनका अध्यक्ष सौरभ रिमालको नेतृत्वमा आएको टिमले मंगलबार दुबै स्थानमा पुगेर पीडित र प्रभावितलाई राहत सामाग्री हस्तान्तरण गरेको हो । 

करिब चार लाख बराबरको राहत सामाग्री वितरण गरिएको समाजसेवी शाहले बताउनुभयो । फाउण्डेशनले त्रिपाल, ब्लांकेट, चिनी, चिउरा, दाल, तेल, नुन लगायतका राहत सामाग्री वितरण गरेको हो । 

विपद्को बेलामा पीडित तथा प्रभावितहरुको दुखमा मल्हम लगाउन सहयोग गरिएको फाउण्डेशनका अध्यक्ष रिमालले बताउनुभयो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  २२:०६
प्रतिक्रिया दिनुहोस्